नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै होः स्वास्थ्य मन्त्रालय
काठमाडौं । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् ।
प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृत्यु भएको छ । उनीहरुको उमेर समूह ४५ वर्ष छ । सुदूरपश्चिम प्रदेशमा एकजना ४६ वर्षका पुरुषले कोभिड १९ कै कारण मृत्यु भएको थियो । अन्य व्यक्तिहरुमा कोभिड १९ सँगै पहिल्यै निमोनियाँ, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार कोरोनाबाहेक उच्च रक्तचाप, निमोनिया, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या,मधुमेह, नसा सम्बन्धी समस्यालगायतका कारण देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृत्युको कारण अन्य भएको उल्लेख छ । कोरोनाले नेपालमा अहिलेसम्म २२८ जनाको मृत्यु भएको छ ।
कोरोनाले मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथिका
नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) का कारण २२८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथि उमेर समूहका छन् । नेपालमा कुल संक्रमितमा ०.५८ प्रतिशत मृत्यु दर देखिएको छ ।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृत्युको तथ्यांक हेर्दा सबैभन्दा बढी ५० वर्षभन्दा माथिकै व्यक्ति छन् । साथै उनीहरुमा अन्य विभिन्न दीर्घरोगसमेत रहेको अधिकारीले बताए । उनले भने, “विभिन्न स्वास्थ्यमा कुनै पनि समस्या भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा कोरोना संक्रमणले बढी असर गरेको छ ।”
कोरोनाबाट ज्यान गुमाउनेमा १६५ पुरुष, ५७ जना महिला तथा तीन बालिका र तीन बालक गरी २२८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ ।
कुन उमेर समूहका कतिले ज्यान गुमाए ?
नेपालमा कोभिड १९ का कारण ४९ दिनको शिशुदेखि १०८ वर्षका ज्येष्ठको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । यस्तै ४९ दिनको शिशुदेखि १८ वर्ष उमेर समूहका आठ बालबालिकाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । जुन कुल मृत्युको ३.५० प्रतिशत हो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ती बालकमा जन्मनेबित्तिकै मिर्गौलाको समस्या देखिएको थियो ।
यस्तै, १९ देखि ३० वर्ष उमेर समूहका १७ जनाले कोरोनाका कारण गुमाएका छन् । जुन मृत्युको ७.४६ प्रतिशत हो ।
३१ देखि ४० वर्ष उमेर समूहका २१ जनाको मृत्यु भएको छ यो कुल मृत्युको ९.२१ प्रतिशत हो । ४१ देखि ५० वर्ष उमेर समूहका ४४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यो कुल मृत्युको १९.२९ प्रतिशत हो ।
यस्तै ५० वर्षभन्दा माथि उमेर समूहका सबैभन्दा बढी १३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो कुल मृत्युको ६०.५२ प्रतिशत हो । नेपालमा ५० वर्षभन्दा माथिका मृत्यु हुने अधिकांशमा दीर्घकालीन स्वास्थ्य समस्या रहेको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कतिले ज्यान गुमाए ?
देशगत रूपमा कोरोनाका कारण मृत्यु हुनेको तथ्याकं हेर्दा सबैभन्दा बढी प्रदेश २ मा देखिन्छ । जसमा ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उक्त जिल्लाको पर्सामा मात्र ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ । सोही प्रदेशको बारामा १२ जनाले र धनुषामा पनि १२ जनाले नै कोरोनाका कारण मृत्यु भएको छ । भने अन्य जिल्लामा मृत्युको दोहोरो अंक छैन ।
कोरोनाका कारण वाग्मती प्रदेशमा ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा कोभिड १९ का कारण ३५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये काठमाडौंमा २१ जना भक्तपुरमा आठजना र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौंमा कोरोनाबाट ज्यान गुमाउनेमा महिला नौजना छन् । उनीहरु ४१ वर्षदेखि ७८ वर्ष उमेर समूहका छन् । पुरुष १२ जना छन् । उनीहरु ४८ देखि ९४ वर्ष उमेर समूहका छन् । मंगलबार दिउँसोसम्म काठमाडौंमा चार हजार ५२२ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित चार हजार ९६ जना छन् ।
भक्तपुरमा भदौ १६ गतेसम्म ५१७ जनामा कोरोना देखिएको छ भने सक्रिय संक्रमित ३८१ जना छन् । भक्तपुरमै चार महिला र चार पुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । ललितपुरमा ६ जनाको मृत्यु भएकामा पुरुष पाँचजना र एक महिला छन् । भदौ १६ गते दिउँसोसम्म ललितपुरमा ६८५ जनामा कोरोना संक्रमण देखिएको छ । भने सक्रिय संक्रमित ६०९ छन् ।
नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।
यसैगरी, प्रदेश १ मा ३७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने सबैभन्दा बढी मोरङका १३ जनाको मृत्यु भएको छ । प्रदेश ५ मा ३२ जना, गण्डकी प्रदेशमा १२ जना, सुदूरपश्चिम प्रदेशमा १० जना र कर्णाली प्रदेशमा ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











