प्रधानमन्त्रीलाई मुस्कानले भनिन् : एसिड हान्नेलाई आजीवन कारागारमा थुनौँ
काठमाडौं । स्थानीय दुई युवाहरुको एसिड आक्रमणमा परेकी वीरगञ्ज निवासी किशोरी मुस्कान खातुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन्।
मंगलबार साँझ सरकारी निवास बालुवाटारमा बोलाएर एसिडपीडित मुस्कानसँग प्रधानमन्त्री ओलीले संवाद गरेका हुन्। केही दिनअघि मात्रै मुस्कानले एक टेलिभिजन संवादका क्रममा आफूलाई एसिड हान्ने दुवै युवालाई कोभिडको बहानामा जेलबाट रिहा गरिएको भन्दै गुनासो गरेकी थिइन्। के के कुरा भयो? बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर मुस्कानले आफूलाई एसिड प्रहार गर्नेहरुलाई सजाय नै नभएको गुनासो गरेकी थिइन्।
‘कानुन कडा बनाइनु पर्छ भनेर कुरा राखेँ’, एसिड पीडित मुस्कानले भनिन्, ‘बारम्बार यस्ता घटना हुँदा छोरीहरुलाई जोगिनै गारो भएको छ।’ जवाफमा प्रधानमन्त्री ओलीले एसिड पीडितको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिएको थाहाखबरलाई बताइन्। ‘रोजगारको ग्यारेण्टी र शिक्षाको जिम्मा लिन पनि प्रधानमन्त्रीलाई भनेकी छु,’ खातुनले भनिन, ‘प्रधानमन्त्रीले कडा कानुन ल्याउने र शिक्षाको जिम्मा लिन्छौं भन्नु भएको छ।’
कुराकानीका क्रममा प्रधानमन्त्रीले एसिड पीडितको सरकारी अस्पतालमा निशु:ल्क उपचार गराउने बचन दिएको पनि मुस्कानले बताइन्। प्रधानमन्त्रीले उनलाई फेरि भदौ २५ गते भेट्न बोलाएको पनि जानकारी दिइन्। ‘तिमी चिन्ता नलिनु, तिम्रो लागि सबै खर्च सरकारले गर्ने छ’, प्रधानमन्त्रीले दिएको आश्वासनबारे मुस्कानले भनिन्, ‘प्रधानमन्त्रीसँग भेट्दा खुसी लागेको छ। तिम्रो लागि जे गर्नुपर्ने हो सबै सरकारले गर्छ भन्नुभएको छ।’ उनले एसिड आक्रमणमा संलग्नलाई तुरुन्त कारवाही गरिने पनि आश्वासन प्रधानमन्त्रीले दिएको बताइन्।
‘मैले कडा कानुन बनाएर पीडकलाई आजीवन कारावास हुने प्रावधानसहितको कानुन बनाउनु पर्ने जरुरी भइसकेको बताएँ’, उनले प्रधानमन्त्रीसँगको संवादबारे भनिन्। प्रधानमन्त्री ओलीले खातुनसँग करिब साढे २ घण्टा संवाद गरेका थिए। मुस्कानसँगै उनका पिता, एसिडपीडितलाई सहयोग गर्दै आएका उज्वल थापा र सुरजसिंह ठकुरी पनि बालुवाटार गएका थिए। त्यसक्रममा महान्यायाधिवक्ता अग्नि खरेल र नेपाल मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी पनि बालुवाटारमा उपस्थित थिए। घटना के थियो? मुस्कानमाथि एसिड प्रहार गरेका माजिद मियाँ र शमशाद मियाँलाई घटनाकै दिन प्रहरीले पक्राउ गरेको थियो।
तर २० वर्ष पुगेका भनिएका उनीहरुको प्रहरीकै मिलेमतोमा उमेर घटाएर कम सजाय दिइएको गुनासो मुस्कानले गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय घटना अभियोजनका क्रममा माजिद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएपछि उनीहरुलाई जेल नपठाइ सुधार गृहमा राखिएको थियो।
नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष तोकिएको थियो। मुस्कानमाथि २०७६ भदौ २० गते एसिड हानिएको थियो। माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी शमशादले विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए। एसिड लागेर मुस्कानको आधा अनुहार बिग्रिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












