प्रधानमन्त्रीलाई मुस्कानले भनिन् : एसिड हान्नेलाई आजीवन कारागारमा थुनौँ
काठमाडौं । स्थानीय दुई युवाहरुको एसिड आक्रमणमा परेकी वीरगञ्ज निवासी किशोरी मुस्कान खातुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन्।
मंगलबार साँझ सरकारी निवास बालुवाटारमा बोलाएर एसिडपीडित मुस्कानसँग प्रधानमन्त्री ओलीले संवाद गरेका हुन्। केही दिनअघि मात्रै मुस्कानले एक टेलिभिजन संवादका क्रममा आफूलाई एसिड हान्ने दुवै युवालाई कोभिडको बहानामा जेलबाट रिहा गरिएको भन्दै गुनासो गरेकी थिइन्। के के कुरा भयो? बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर मुस्कानले आफूलाई एसिड प्रहार गर्नेहरुलाई सजाय नै नभएको गुनासो गरेकी थिइन्।
‘कानुन कडा बनाइनु पर्छ भनेर कुरा राखेँ’, एसिड पीडित मुस्कानले भनिन्, ‘बारम्बार यस्ता घटना हुँदा छोरीहरुलाई जोगिनै गारो भएको छ।’ जवाफमा प्रधानमन्त्री ओलीले एसिड पीडितको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिएको थाहाखबरलाई बताइन्। ‘रोजगारको ग्यारेण्टी र शिक्षाको जिम्मा लिन पनि प्रधानमन्त्रीलाई भनेकी छु,’ खातुनले भनिन, ‘प्रधानमन्त्रीले कडा कानुन ल्याउने र शिक्षाको जिम्मा लिन्छौं भन्नु भएको छ।’
कुराकानीका क्रममा प्रधानमन्त्रीले एसिड पीडितको सरकारी अस्पतालमा निशु:ल्क उपचार गराउने बचन दिएको पनि मुस्कानले बताइन्। प्रधानमन्त्रीले उनलाई फेरि भदौ २५ गते भेट्न बोलाएको पनि जानकारी दिइन्। ‘तिमी चिन्ता नलिनु, तिम्रो लागि सबै खर्च सरकारले गर्ने छ’, प्रधानमन्त्रीले दिएको आश्वासनबारे मुस्कानले भनिन्, ‘प्रधानमन्त्रीसँग भेट्दा खुसी लागेको छ। तिम्रो लागि जे गर्नुपर्ने हो सबै सरकारले गर्छ भन्नुभएको छ।’ उनले एसिड आक्रमणमा संलग्नलाई तुरुन्त कारवाही गरिने पनि आश्वासन प्रधानमन्त्रीले दिएको बताइन्।
‘मैले कडा कानुन बनाएर पीडकलाई आजीवन कारावास हुने प्रावधानसहितको कानुन बनाउनु पर्ने जरुरी भइसकेको बताएँ’, उनले प्रधानमन्त्रीसँगको संवादबारे भनिन्। प्रधानमन्त्री ओलीले खातुनसँग करिब साढे २ घण्टा संवाद गरेका थिए। मुस्कानसँगै उनका पिता, एसिडपीडितलाई सहयोग गर्दै आएका उज्वल थापा र सुरजसिंह ठकुरी पनि बालुवाटार गएका थिए। त्यसक्रममा महान्यायाधिवक्ता अग्नि खरेल र नेपाल मुस्लिम आयोगका अध्यक्ष सलिम अन्सारी पनि बालुवाटारमा उपस्थित थिए। घटना के थियो? मुस्कानमाथि एसिड प्रहार गरेका माजिद मियाँ र शमशाद मियाँलाई घटनाकै दिन प्रहरीले पक्राउ गरेको थियो।
तर २० वर्ष पुगेका भनिएका उनीहरुको प्रहरीकै मिलेमतोमा उमेर घटाएर कम सजाय दिइएको गुनासो मुस्कानले गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय घटना अभियोजनका क्रममा माजिद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएपछि उनीहरुलाई जेल नपठाइ सुधार गृहमा राखिएको थियो।
नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र माजिदको १८ देखि २० वर्ष तोकिएको थियो। मुस्कानमाथि २०७६ भदौ २० गते एसिड हानिएको थियो। माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी शमशादले विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए। एसिड लागेर मुस्कानको आधा अनुहार बिग्रिएको छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












