कोरोनाविरूद्ध रसियन खोप ‘स्पुतनिक-५’ प्रभावकारी देखियो
एजेन्सि । चर्चित मेडिकल जर्नल ‘द लानसेट’ले शुक्रबार रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५)ले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरेको छ।
रसियाले निर्माण गरेको यस खोपमा अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने संशय व्यक्त गर्दै आइरहेका छन्।
मस्कोले यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ।
दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले उल्लेख गरेको छ।
यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो।
रसियाले अगस्टमा भाइरसविरूद्धको यो खोपलाई घरेलु प्रयोगका लागि अनुमति दिएको थियो। यो खोप दुई मात्राको रहेको छ।
रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो।
‘४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीहरूमा एन्टीबडी बनाएको पाइयो’, लानसेन्टले भनेको छ।
‘कोभिड-१९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानीको आवश्यक छ’, जर्नलमा अगाडि भनिएको छ।
खोपको ‘स्पुतनिक-५’ नाम तात्कालिन सोभियत युनियनले प्रक्षेपण गरेको विश्वको पहिलो अन्तरीक्ष सेटेलाइटलाई समर्पित गर्दै दिइएको हो।
केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रियरूपमा खोपको प्रमाणिक परीक्षण र नियमन कदम चालेपछिमात्र प्रयोग गर्नुपर्नेमा सचेत गराएका छन्।
तर अन्तर्राष्ट्रिय स्तरमा नै विश्वसनीय रहेको जर्नलले समीक्षा प्रकाशित गरेकाले यो विदेशी आलोचकका लागि मस्कोको जवाफ भएको एक वरिष्ठ रसियाली अधिकारीको भनाइ छ।
पछिल्लो हप्ता रसियाले करिब ४० हजार मानिसमा यसको पछिल्लो चरणको परीक्षण सुरू गरिसकेको छ।
‘यसबाट (जर्नलले) हामीले पश्चिमाहरूले विगत तीन सातादेखि सोध्दै आएका सबै प्रश्नहरूको उत्तर दिएका छौं। ती प्रश्नहरू रसियन खोपलाई खोट लगाउने स्पष्ट उदेश्यकासाथ सोधिएको थियो’, रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरल दिमित्रीभले भने।
खोप निर्माणमा यो संस्थाको सहयोग रहेको छ।
‘सबैको जाँच भएको छ’, रोयटर्ससँग उनले भने, ‘अब हामी केही पश्चिमा खोपहरूका बारेमा प्रश्न गर्न सुरू गर्नेछौं।’
जोन्स हप्किन्स ब्लुमवर्ग स्कूल अफ पब्लिक हेल्थ, अमेरिकाको इन्टरनेशनल भ्याकसिन एक्सेस सेन्टरका प्रमुख लेखक डा. नोर बार-जीभले प्रारम्भिक परीक्षणको नतिजालाई ‘उत्साहजनक तर सानो’ प्रतिक्रिया दिएका छन्।
अध्ययनमा सहभागी नरहेका बार-जीभले ‘कुनै पनि कोभिड-१९ खोपको चिकित्सकिय प्रभावकारिता अझै नदेखाइएको’ बताए।
‘नतिजा अहिलेसम्मको केसमा राम्रो हो’, लन्डनको स्कूल अफ हाइजीन र ट्रपिकल मेडिसिनका माइक्रोबियल प्याथोजेनेसिसका प्रोफेसर ब्रान्डन व्रेनले भने।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












