विश्वमा कूल जनसंख्याको ६.८८ प्रतिशत कोरोना परीक्षण, ०.३४ प्रतिशतमा कोरोना संक्रमण
काठमाडौं। विश्वमा कोरोना भाइरस देखिए यताको करिब नौ महिनाको अवधिमा विश्वको कूल जनसंख्याको ६.८८ प्रतिशतले कोरोना परीक्षण गराएको पाइएको छ। अर्थात् उक्त अवधिमा विश्वका २१३ देश तथा क्षेत्रमा बसोबास गर्ने ५३ करोड ५३ लाख ९९ हजार ९३४ जनाले कोरोना परीक्षण गराइसकेका छन्।
कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ र, यसले सारा विश्वलाई अहिले ठम्प बनाएको छ। प्रायः सबै देशहरू अहिले लकडाउनको अवस्थामा रहेका छन्।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हाल विश्वको जनसंख्या सात अर्ब ७७ करोड १९ लाख ४६ हजार ७६० रहेको छ। विश्वको कूल जनसंख्यामध्ये ०.३४ प्रतिशतमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। हालसम्म विश्वमा दुई करोड ७० लाख ६० हजार १५२ जनामा कोरोना संक्रमण देखिएको छ। विश्वमा हालसम्म गरिएका कूल कोराना परीक्षणमध्ये ५.०५ प्रतिशतमा संक्रमण भएको पाइएको छ।
विश्वमा सबैभन्दा बढीको कोरोना परीक्षण चीनमा भएको छ। चीनमा हालसम्म १६ करोड जनाको कोरोना परीक्षण गरिएको छ। अमेरिकामा हालसम्म आठ करोड ६७ लाख ५९ हजार २०२ जनाको कोरोना परीक्षण भएको छ।
विश्वको कूल जनसंख्यामध्ये ०.०१ प्रतिशतको मृत्यु कोरोनाका कारण भएको छ। हालसम्म कोरोनाका कारण विश्वमा आठ लाख ८३ हजार ६५२ जनाको मृत्यु भइसकेको छ। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये एक करोड ९१ लाख ६० हजार १८० जना उपचारपछि निको भइसकेका छन्। अहिले विश्वमा उपचारत कोरोना संक्रमितको संख्या ७० लाख १६ हजार ८३३ रहेको छ।
नेपालमा हालसम्म सात लाख ५७ हजार ९६३ जनाको कोरोना परीक्षण गरिएको छ। अर्थात् प्रति १० लाख २५ हजार ९३१ जनाको नेपालमा कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा हालसम्म ४५ हजार २७७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये २८० जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजार १२७ लाई निको भइसकेको छ।
विश्वमा सबैभन्दा बढीको कोरोना परीक्षण चीनमा भएको छ। चीनमा हालसम्म १६ करोड जनाको कोरोना परीक्षण गरिएको छ। अमेरिकामा हालसम्म आठ करोड ६७ लाख ५९ हजार २०२ जनाको कोरोना परीक्षण भएको छ।
भारतमा चार करोड ७७ लाख ३८ हजार ४९१ जनाको कोरोना परीक्षण गरिसकिएको छ। ब्राजिलमा कोरोना परीक्षण गर्नेको संख्या एक करोड ४४ लाख आठ हजार ११६ रहेको छ।
रूसले हालसम्म तीन करोड ८१ लाख जनताको कोरोना परीक्षण गरेको छ। पेरूमा कोरोना परीक्षण गर्नेको संख्या ३३ लाख ५३ हजार ४३५ रहेको छ। जर्मनीमा एक करोड २३ लाख ८३ हजार ३५ जनाको कोरोना परीक्षण भएको छ। कोलम्बियामा यो संख्या २९ लाख ६ हजार २७० छ।
यस्तै, दक्षिण अफ्रिकामा ३७ लाख ८३ हजार ८२३, स्पेनमा ९२ लाख १० हजार ३३७, बेलायतमा १ करोड ७६ लाख १९ हजार ९८७, इरानमा ३३ लाख ५५ हजार १५२, साउदी अरबमा ५३ लाख ६४ हजार ४७१, फ्रान्समा ८५ लाख, टर्कीमा ७६ लाख ८२ हजार ६९७ र पाकिस्तानमा २७ लाख ३२ हजार ३२५ जनाको कोरोना परीक्षण गरिएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












