विश्वमा कूल जनसंख्याको ६.८८ प्रतिशत कोरोना परीक्षण, ०.३४ प्रतिशतमा कोरोना संक्रमण
काठमाडौं। विश्वमा कोरोना भाइरस देखिए यताको करिब नौ महिनाको अवधिमा विश्वको कूल जनसंख्याको ६.८८ प्रतिशतले कोरोना परीक्षण गराएको पाइएको छ। अर्थात् उक्त अवधिमा विश्वका २१३ देश तथा क्षेत्रमा बसोबास गर्ने ५३ करोड ५३ लाख ९९ हजार ९३४ जनाले कोरोना परीक्षण गराइसकेका छन्।
कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ र, यसले सारा विश्वलाई अहिले ठम्प बनाएको छ। प्रायः सबै देशहरू अहिले लकडाउनको अवस्थामा रहेका छन्।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हाल विश्वको जनसंख्या सात अर्ब ७७ करोड १९ लाख ४६ हजार ७६० रहेको छ। विश्वको कूल जनसंख्यामध्ये ०.३४ प्रतिशतमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। हालसम्म विश्वमा दुई करोड ७० लाख ६० हजार १५२ जनामा कोरोना संक्रमण देखिएको छ। विश्वमा हालसम्म गरिएका कूल कोराना परीक्षणमध्ये ५.०५ प्रतिशतमा संक्रमण भएको पाइएको छ।
विश्वमा सबैभन्दा बढीको कोरोना परीक्षण चीनमा भएको छ। चीनमा हालसम्म १६ करोड जनाको कोरोना परीक्षण गरिएको छ। अमेरिकामा हालसम्म आठ करोड ६७ लाख ५९ हजार २०२ जनाको कोरोना परीक्षण भएको छ।
विश्वको कूल जनसंख्यामध्ये ०.०१ प्रतिशतको मृत्यु कोरोनाका कारण भएको छ। हालसम्म कोरोनाका कारण विश्वमा आठ लाख ८३ हजार ६५२ जनाको मृत्यु भइसकेको छ। विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये एक करोड ९१ लाख ६० हजार १८० जना उपचारपछि निको भइसकेका छन्। अहिले विश्वमा उपचारत कोरोना संक्रमितको संख्या ७० लाख १६ हजार ८३३ रहेको छ।
नेपालमा हालसम्म सात लाख ५७ हजार ९६३ जनाको कोरोना परीक्षण गरिएको छ। अर्थात् प्रति १० लाख २५ हजार ९३१ जनाको नेपालमा कोरोना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा हालसम्म ४५ हजार २७७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये २८० जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजार १२७ लाई निको भइसकेको छ।
विश्वमा सबैभन्दा बढीको कोरोना परीक्षण चीनमा भएको छ। चीनमा हालसम्म १६ करोड जनाको कोरोना परीक्षण गरिएको छ। अमेरिकामा हालसम्म आठ करोड ६७ लाख ५९ हजार २०२ जनाको कोरोना परीक्षण भएको छ।
भारतमा चार करोड ७७ लाख ३८ हजार ४९१ जनाको कोरोना परीक्षण गरिसकिएको छ। ब्राजिलमा कोरोना परीक्षण गर्नेको संख्या एक करोड ४४ लाख आठ हजार ११६ रहेको छ।
रूसले हालसम्म तीन करोड ८१ लाख जनताको कोरोना परीक्षण गरेको छ। पेरूमा कोरोना परीक्षण गर्नेको संख्या ३३ लाख ५३ हजार ४३५ रहेको छ। जर्मनीमा एक करोड २३ लाख ८३ हजार ३५ जनाको कोरोना परीक्षण भएको छ। कोलम्बियामा यो संख्या २९ लाख ६ हजार २७० छ।
यस्तै, दक्षिण अफ्रिकामा ३७ लाख ८३ हजार ८२३, स्पेनमा ९२ लाख १० हजार ३३७, बेलायतमा १ करोड ७६ लाख १९ हजार ९८७, इरानमा ३३ लाख ५५ हजार १५२, साउदी अरबमा ५३ लाख ६४ हजार ४७१, फ्रान्समा ८५ लाख, टर्कीमा ७६ लाख ८२ हजार ६९७ र पाकिस्तानमा २७ लाख ३२ हजार ३२५ जनाको कोरोना परीक्षण गरिएको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












