काेराेना संक्रमणबाट विराटनगर र जनकपुरमा तीन जनाकाे मृत्यु
काठमाडाैँ । काेराेना भाइरस (काेभिड-१९)काे संक्रमणबाट विराटनगर र जनपुरमा गरी ३ जनाकाे मृत्यु भएकाे छ । विराटनगरमा दुई र जनकपुरमा एक जनाकाे मृत्यु भएकाे हाे ।
कोरोना संक्रमणबाटै मोरङकाे विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका-१० का ७६ वर्षीय पुरुष र मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेजमा उपचाररत बुढीगंगा गाउँपालिका- ४ का ५२ वर्षीय पुरुषको मृत्यु भएकाे छ ।
७६ वर्षीय ती वृद्धमा ११ भदाैमा काेराेना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य अवस्था असहज बनेपछि शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनकाे मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो ।
त्यस्तै ५२ वर्षीय मृतक पुरुष १९ भदाैमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आइतबार मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिए । मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको थियो । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदेशमा ४३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
जनकपुरमा एक जनाकाे मृत्यु
यसैबीच, प्रादेशिक अस्पताल जनकपुरमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापकाे समस्याबाट पीडित उनलाई लगातार पाँच दिनदेखि ज्वरो आएपछि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । त्यहाँ उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा शनिबार राति उनको रिपाेर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई आइतबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनकाे भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा आइतबार राति मृत्यु भएको डा. जामुन सिंहले बताए । मृतक पुरुष मिर्चैयामा ग्यास पसल सञ्जालक रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












