काेराेना संक्रमणबाट विराटनगर र जनकपुरमा तीन जनाकाे मृत्यु
काठमाडाैँ । काेराेना भाइरस (काेभिड-१९)काे संक्रमणबाट विराटनगर र जनपुरमा गरी ३ जनाकाे मृत्यु भएकाे छ । विराटनगरमा दुई र जनकपुरमा एक जनाकाे मृत्यु भएकाे हाे ।
कोरोना संक्रमणबाटै मोरङकाे विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका-१० का ७६ वर्षीय पुरुष र मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेजमा उपचाररत बुढीगंगा गाउँपालिका- ४ का ५२ वर्षीय पुरुषको मृत्यु भएकाे छ ।
७६ वर्षीय ती वृद्धमा ११ भदाैमा काेराेना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य अवस्था असहज बनेपछि शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनकाे मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो ।
त्यस्तै ५२ वर्षीय मृतक पुरुष १९ भदाैमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आइतबार मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिए । मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको थियो । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदेशमा ४३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
जनकपुरमा एक जनाकाे मृत्यु
यसैबीच, प्रादेशिक अस्पताल जनकपुरमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापकाे समस्याबाट पीडित उनलाई लगातार पाँच दिनदेखि ज्वरो आएपछि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । त्यहाँ उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा शनिबार राति उनको रिपाेर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई आइतबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनकाे भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा आइतबार राति मृत्यु भएको डा. जामुन सिंहले बताए । मृतक पुरुष मिर्चैयामा ग्यास पसल सञ्जालक रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












