अमेरिकामा कोरोनाविरुद्धको खोपमाथी राजनीति, चुनावअघि वितरण गर्ने तयारी
एजेन्सी । संयुक्त राष्ट्र अमेरिकाको निर्वाचन नजिकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार जो बाइडेन एक-अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । कोरोना भाइरसविरुद्धको खोप विकास र वितरणका विषयमा पनि ट्रम्प र बाइडेनले एक-अर्कालाई आरोप लगाउनुका साथै आलोचनासमेत गरेका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप नोभेम्बरअघि नै आउने संकेत गरेका छन् । उनले नोभेम्बरको निर्वाचनअघि नै कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताउँदै डेमोक्रेटिक उमेदवार बाइडेनले ‘खोपविरुद्ध लापरबाही रुपमा अभिव्यक्ति’ दिइरहेको आरोप लगाएका छन् ।
जो बाइडेनले खोपका विषयमा राष्ट्रपति ट्रम्पले वैज्ञानिकहरुको कुरा सुनेको र यसको कार्यान्वयनको विषयमा पारदर्शी भएकामा आशंका व्यक्त गरेका छन् ।
अमेरिकामा विश्वमै सबैभन्दा बढी ६० लाखभन्दा बढी कोरोना भाइरस संक्रमित छन् । करिब एक लाख ९० हजारभन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसकै कारण आर्थिक गिरावट आएको छ भने दुई अंकमा बेरोजगारी दर बढेको छ । नागरिकस्तरमा निराशा छाएको छ ।
यस्तो अवस्थामा एकमात्रै अस्त्रका रुपमा हेरिएको कोरोनाविरुद्धको खोप विकासको काम तीव्र रुपमा भइरहेको र सम्भवत: अक्टोबरमै खोप उपलब्ध हुने राष्ट्रपति ट्रम्पले सोमबार बताएका हुन् ।
गत साता अमेरिकी रोग नियन्त्रण तथा रोकथान केन्द्र (सीडीसी) ले पनि अमेरिकाका ५० वटै राज्यहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणका आवश्यक तयारी गर्न आग्रह गरेका थिए । सीडीसीले अमेरिकी निर्वाचनको दुई दिनअघि १ नोभेम्बरमा कोरोनाविरुद्धको खोप वितरण गरिने दाबी गरेको थियो ।
हालसम्म कुनै पनि कोरोनाविरुद्धको खोपको मानव परीक्षणको चरण पार गरिसकेका छैनन् । अमेरिकी वैज्ञानिकहरुले खोप विकास र परीक्षण चरणमा जनस्वास्थ्य र सुरक्षाभन्दा पनि राजनीतिलाई बढी ध्यान दिइएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
डेमोक्रेट उमेदवारहरु जो बाइडेन र कमला ह्यारिसले बारम्बार खोप विकासमा जनस्वास्थ्यको विषयमा ध्यान नदिएको भन्दै ट्रम्पको आलोचना गरिरहेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पको विश्वसनीयतामाथि आशंका व्यक्त गरिरहेको बीबीसीले जनाएको छ ।
आइतबार डेमोक्रेटतर्फबाट उपराष्ट्रपति उमेदवार कमला ह्यारिसले खोप सुरक्षित भएको भन्दै प्रचार गरिएको राष्ट्रपति ट्रम्पको कुरामा विश्वास गर्नै नसकिने बताएकी थिइन् । त्यसैगरी राष्ट्रपति उमेदवार बाइडेनले ‘खोपमा राष्ट्रपति ट्रम्पले गरेको दाबीमा के जनताले विश्वास गर्न सक्छन् ?’ भन्दै प्रश्न गरेका थिए ।
“कोरोना संक्रमण सुरु भएदेखि नै राष्ट्रपति ट्रम्पले धेरै दाबी गर्दै आएका छन् । तर, कुनै पनि सत्यसावित भएका छैनन् । के मानिसहरुले सुरक्षित खोप पाउँछन् भन्ने विषयमा मलाई चिन्ता लागिरहेको छ,” पेन्सलभानियामा गरिएको सम्बोधनमा सोमबार बाइडेनले भने ।
उनले थपे, “यदि खोप राम्रो छ भने भोलि नै लगाउँदै पनि समस्या छैन । खोप आउँछ र अमेरिकी जनताहरु सुरक्षति हुन्छन् र खोपकै कारण मैले निर्वाचनमा पराजित हुनुपर्छ भने पनि मलाई समस्या छैन । म त्यो खोप सुरक्षति होस् भन्ने चाहन्छु । हामीलाई खोप चाहिएको छ र चाँडै चाहिएको छ । तर, वैज्ञानिकहरुले भनेका कुराहरु सुन्नुपर्छ ।”
मत सर्वेक्षणहरुमा बाइडेनलाई पछ्याइरहेका राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकारसँगको ब्रिफिङका क्रममा बाइडेनलाई ‘मूर्ख’ र उपराष्ट्रपति उमेदवार ह्यारिसलाई “कंग्रेसमा सबैभन्दा बढी लिब्रल… र मेरो विचारमा उनी प्रतिस्पर्धाका लागि योग्य नभएको” उल्लेख गरे ।
राष्ट्रपति ट्रम्पले ‘उनीहरु (बाइडेन र ह्यारिस) ले मुलुकलाई ध्वस्त बनाउने’ र ‘मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने’ बताएका छन् । राष्ट्रपति ट्रम्पले भने, “दुवैजनाले खोपका विषयमा दिएका अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्छ ।”
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनकै क्रममा पत्रकारलाई प्रश्न सोध्ने बेला मास्क हटाउनसमेत आग्रह गर्दै अर्को महिना खोप तयार हुने बताएका हुन् । “हामीसँग चाँडै एउटा खोप हुनेछ, सम्भवत: एकदम विशेष मितिभन्दा अघि पनि ।”
राष्ट्रपति ट्रम्पले जनवरीअगाडि ३० करोड डोज भण्डार गर्न चाहेकोसमेत बताएका छन् । खोप विकासको आशामा सयौं बिलियन डलर लगानी गरिएकोसमेत उनले बताए । उनले भने, “सामान्य अवस्थामा वर्षौं लाग्ने खोप यति छोटो समयमै विकास हुँदै छ ।”
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले अक्टुबरमा खोप आउनु त्यति सजिलो नभए पनि ‘असम्भव’ भने नभएको बताएका छन् । खाद्य तथा औषधि प्रशासनका स्टिफन ह्यानले यदि जोखिममुक्त हुन्छ र लाभदायक भए ‘क्लिनिकल परीक्षण’ अघि नै स्वीकृति दिन ‘उचित’ भएको बताएका छन् ।
तर, ह्वाइट हाउस र पाँच शीर्ष औषधि कम्पनीहरूका कार्यकारीहरूले खोपको सुरक्षा र प्रभावकारितामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा तीनवटा खोपको परीक्षण अन्तिम चरणमा छ । हरेक खोप तीन साताको ‘ग्याप’ मा ३० हजार व्यक्तिहरुलाई लगाइनेछ र कोरोना भाइरस संक्रमणबारे पहिलो सातादेखि दुई वर्षसम्म खोपको ‘साइड इफेक्ट’ बारे निरीक्षण गरिनेछ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











