अमेरिकामा कोरोनाविरुद्धको खोपमाथी राजनीति, चुनावअघि वितरण गर्ने तयारी
एजेन्सी । संयुक्त राष्ट्र अमेरिकाको निर्वाचन नजिकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार जो बाइडेन एक-अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । कोरोना भाइरसविरुद्धको खोप विकास र वितरणका विषयमा पनि ट्रम्प र बाइडेनले एक-अर्कालाई आरोप लगाउनुका साथै आलोचनासमेत गरेका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप नोभेम्बरअघि नै आउने संकेत गरेका छन् । उनले नोभेम्बरको निर्वाचनअघि नै कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताउँदै डेमोक्रेटिक उमेदवार बाइडेनले ‘खोपविरुद्ध लापरबाही रुपमा अभिव्यक्ति’ दिइरहेको आरोप लगाएका छन् ।
जो बाइडेनले खोपका विषयमा राष्ट्रपति ट्रम्पले वैज्ञानिकहरुको कुरा सुनेको र यसको कार्यान्वयनको विषयमा पारदर्शी भएकामा आशंका व्यक्त गरेका छन् ।
अमेरिकामा विश्वमै सबैभन्दा बढी ६० लाखभन्दा बढी कोरोना भाइरस संक्रमित छन् । करिब एक लाख ९० हजारभन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसकै कारण आर्थिक गिरावट आएको छ भने दुई अंकमा बेरोजगारी दर बढेको छ । नागरिकस्तरमा निराशा छाएको छ ।
यस्तो अवस्थामा एकमात्रै अस्त्रका रुपमा हेरिएको कोरोनाविरुद्धको खोप विकासको काम तीव्र रुपमा भइरहेको र सम्भवत: अक्टोबरमै खोप उपलब्ध हुने राष्ट्रपति ट्रम्पले सोमबार बताएका हुन् ।
गत साता अमेरिकी रोग नियन्त्रण तथा रोकथान केन्द्र (सीडीसी) ले पनि अमेरिकाका ५० वटै राज्यहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणका आवश्यक तयारी गर्न आग्रह गरेका थिए । सीडीसीले अमेरिकी निर्वाचनको दुई दिनअघि १ नोभेम्बरमा कोरोनाविरुद्धको खोप वितरण गरिने दाबी गरेको थियो ।
हालसम्म कुनै पनि कोरोनाविरुद्धको खोपको मानव परीक्षणको चरण पार गरिसकेका छैनन् । अमेरिकी वैज्ञानिकहरुले खोप विकास र परीक्षण चरणमा जनस्वास्थ्य र सुरक्षाभन्दा पनि राजनीतिलाई बढी ध्यान दिइएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
डेमोक्रेट उमेदवारहरु जो बाइडेन र कमला ह्यारिसले बारम्बार खोप विकासमा जनस्वास्थ्यको विषयमा ध्यान नदिएको भन्दै ट्रम्पको आलोचना गरिरहेका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पको विश्वसनीयतामाथि आशंका व्यक्त गरिरहेको बीबीसीले जनाएको छ ।
आइतबार डेमोक्रेटतर्फबाट उपराष्ट्रपति उमेदवार कमला ह्यारिसले खोप सुरक्षित भएको भन्दै प्रचार गरिएको राष्ट्रपति ट्रम्पको कुरामा विश्वास गर्नै नसकिने बताएकी थिइन् । त्यसैगरी राष्ट्रपति उमेदवार बाइडेनले ‘खोपमा राष्ट्रपति ट्रम्पले गरेको दाबीमा के जनताले विश्वास गर्न सक्छन् ?’ भन्दै प्रश्न गरेका थिए ।
“कोरोना संक्रमण सुरु भएदेखि नै राष्ट्रपति ट्रम्पले धेरै दाबी गर्दै आएका छन् । तर, कुनै पनि सत्यसावित भएका छैनन् । के मानिसहरुले सुरक्षित खोप पाउँछन् भन्ने विषयमा मलाई चिन्ता लागिरहेको छ,” पेन्सलभानियामा गरिएको सम्बोधनमा सोमबार बाइडेनले भने ।
उनले थपे, “यदि खोप राम्रो छ भने भोलि नै लगाउँदै पनि समस्या छैन । खोप आउँछ र अमेरिकी जनताहरु सुरक्षति हुन्छन् र खोपकै कारण मैले निर्वाचनमा पराजित हुनुपर्छ भने पनि मलाई समस्या छैन । म त्यो खोप सुरक्षति होस् भन्ने चाहन्छु । हामीलाई खोप चाहिएको छ र चाँडै चाहिएको छ । तर, वैज्ञानिकहरुले भनेका कुराहरु सुन्नुपर्छ ।”
मत सर्वेक्षणहरुमा बाइडेनलाई पछ्याइरहेका राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकारसँगको ब्रिफिङका क्रममा बाइडेनलाई ‘मूर्ख’ र उपराष्ट्रपति उमेदवार ह्यारिसलाई “कंग्रेसमा सबैभन्दा बढी लिब्रल… र मेरो विचारमा उनी प्रतिस्पर्धाका लागि योग्य नभएको” उल्लेख गरे ।
राष्ट्रपति ट्रम्पले ‘उनीहरु (बाइडेन र ह्यारिस) ले मुलुकलाई ध्वस्त बनाउने’ र ‘मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने’ बताएका छन् । राष्ट्रपति ट्रम्पले भने, “दुवैजनाले खोपका विषयमा दिएका अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्छ ।”
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनकै क्रममा पत्रकारलाई प्रश्न सोध्ने बेला मास्क हटाउनसमेत आग्रह गर्दै अर्को महिना खोप तयार हुने बताएका हुन् । “हामीसँग चाँडै एउटा खोप हुनेछ, सम्भवत: एकदम विशेष मितिभन्दा अघि पनि ।”
राष्ट्रपति ट्रम्पले जनवरीअगाडि ३० करोड डोज भण्डार गर्न चाहेकोसमेत बताएका छन् । खोप विकासको आशामा सयौं बिलियन डलर लगानी गरिएकोसमेत उनले बताए । उनले भने, “सामान्य अवस्थामा वर्षौं लाग्ने खोप यति छोटो समयमै विकास हुँदै छ ।”
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले अक्टुबरमा खोप आउनु त्यति सजिलो नभए पनि ‘असम्भव’ भने नभएको बताएका छन् । खाद्य तथा औषधि प्रशासनका स्टिफन ह्यानले यदि जोखिममुक्त हुन्छ र लाभदायक भए ‘क्लिनिकल परीक्षण’ अघि नै स्वीकृति दिन ‘उचित’ भएको बताएका छन् ।
तर, ह्वाइट हाउस र पाँच शीर्ष औषधि कम्पनीहरूका कार्यकारीहरूले खोपको सुरक्षा र प्रभावकारितामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
एसोसिएटेड प्रेसका अनुसार अमेरिकामा तीनवटा खोपको परीक्षण अन्तिम चरणमा छ । हरेक खोप तीन साताको ‘ग्याप’ मा ३० हजार व्यक्तिहरुलाई लगाइनेछ र कोरोना भाइरस संक्रमणबारे पहिलो सातादेखि दुई वर्षसम्म खोपको ‘साइड इफेक्ट’ बारे निरीक्षण गरिनेछ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












