‘प्रधानमन्त्रीज्यू, कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली नबर्साउनुस्’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन्।
थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेर आफूले केही हप्ता अगाडिदेखि नै लकडाउनसँगै गर्नुपर्ने काम सुझाए पनि केही काम नगरेको आरोप लगाएका हुन्। उनले कोरोनाको महामारीका बेला सरकार निषेधाज्ञा गर्न सिडियोका रुपमा र कोरोनाको आँकडा घोषणा गर्न स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रूपमा मात्रै उपस्थित भएको बताए।
त्यति मात्रै होइन नेता थापाले संसद् बन्द गरेर राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको भन्दै टिप्पणी गरेका छन्। उनले तीन हप्तासम्म जनता सरकारको आदेश मानेर बसे पनि सरकारसँग कुनै योजना नभएका कारण अवस्था थप संकटपूर्ण बन्दै गएको बताएका छन्। उनले सरकारले भोका जनताको जिम्मा सिडिओ र प्रवक्तालाई लगाएर आफू दुलोमा लुकेर बसेको भन्दै यसलाई रोक्न र सरकारले के के गरिरहेको छ भन्नेबारे जनतालाई जानकारी दिनसमेत आग्रह गरे।
‘यो सबै विषयमा राजनीतिक नेतृत्व नबोल्ने नै हो, आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सिडियोको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाटकोरोना–अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने, प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनै पनि बेला फुट्नसक्छ’, थापाले लेखेका छन्, ‘कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस्। कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस्।
यस्तै चलिरहने हो भने नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन्।’ ‘हुँदा–हुँदा सरकारले रोग र भोकबाट आहत नागरिकलाई सिडियो र प्रवक्ताको भरमा छोड्दिन थालेको छ, यो रोकियोस्। सिडियो र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस्’, बुधबार सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्, ‘अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आमनागरिक घरभित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस्।
स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो? संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिस्टमलाई कहाँ–कहाँ बदलियो? के–के गर्दै जाने योजना छ? लकडाउन–निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो? नेता थापाले सरकारले भोका जनता, रोजगार गुमाएका, साना व्यवसायी, किसान, यातायात मजदुरका बारेमा के कस्ता योजना बनाइरहेको छ? भनी प्रश्नसमेत गरेका छन्। उनले यी सबै विषयमा राजनीतिक नेतृत्वले बोल्नुपर्ने बताएका छन्।
के हामीले सरकारलाई देख्ने र सुन्ने निषेधाज्ञा घाेषणा गर्ने प्र.जि.अ.र काेराेना संक्रमणकाे अद्यावधिक गणना बाचन गर्ने प्रवक्ता मार्फत मात्र हो?@PM_Nepal @IshwarPokhrel @dhbhanu कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली बर्साउने हैन,तपाईंहरु अगाडि आएर जनतासँग संवाद गर्नुस। pic.twitter.com/oOiaZxd9dr
— Gagan Thapa (@thapagk) September 9, 2020
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












