क्याविनेट शुक्रबारका लागि सर्यो, कुलमानको पुनर्नियुक्तको प्रस्ताव भोली जाने
काठमाडौं । बिहिबार बस्ने भनिएको मन्त्रिपरिषदको बैठक शुक्रबारका लागि सरेको छ ।
मन्त्रिपरिषद पछि सरेसंगै नेपाल विद्युत प्राधिकणमा कार्यकारी निर्देशक नियुक्ति गर्ने कुरा पनि पछि धकेलिएको छ ।
भदौं २९ गते कार्यकाल समाप्त हुन लागेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तरता दिने तयारी ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले गरेका छन् ।
‘बिहिबारको क्याविनेटमा कुलमानघिसिङलाई नै ४ वर्ष थपेर कार्यकारी निर्देशकमा निरन्तता दिनेगरि प्रस्ताव लैजाने मन्त्रालयको तयारी थियो । क्याविनेट सरेपछि अब शुक्रबार सोही प्रस्ताव जान्छ,’ मन्त्री पुनको सचिवालयले भन्यो ।
प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटवार्तामा घिसिङको कार्यकाल थप गर्नेबारे छलफल भएको थियो। अध्यक्ष प्रचण्ड प्राधिकरणमा राम्रो काम गरेकाले कुलमानको कार्यकाल थप गर्नु पर्ने पक्षमा छन्। सोमबारको छलफलमा प्रधानमन्त्री ओली पनि कार्यकाल थप्न सकारात्मक देखिएको बताइएको छ।
दुई हप्ताअघि प्रधानमन्त्री ओली र मन्त्री पुनबीच पनि कुलमानको कार्यकाल थप्नेबारे छलफल भएको थियो।
यसअघि सोमबार नियमित रुपमा बस्नुपर्ने मन्त्रिपरिषदको बैठक बिहिबारका लागि सरेको थियो ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












