मन्त्रिपरिषद बैठक स्थगित, कुलमान र सरकारका प्रवक्ताबारे निर्णय शुक्रबार
काठमाडौं । नेपाल सरकारको आज (बिहीबार)का लागि तय भएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ।
पार्टीको बैठकको तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बैठक नबस्ने भएको हो। शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रीहरुलाई आज बिहान १० बजे नै बैठक सरेको जानकारी गराएको हो । मन्त्रिपरिषदको आगामी बैठकले सरकारको प्रवक्ता तोक्ने, विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएपछि सरकारको प्रवक्ता तोकिएको छैन। त्यस्तै विद्युत प्राधिकरणका प्रमुख घिसिङको चार वर्षे कार्यकाल पनि यही भदौ २९ गते सकिँदैछ। नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएको बेला प्राधिकरण सम्हाल्न पुगेका घिसिङले नेपाललाई लोडसेडिङ मुक्त पारेका थिए।
उनलाई पुन विद्युत प्राधिकरणको प्रमुख बनाउन सरकारलाई चर्को जनदबाब छ। बैठक भोलिका लागि डाकिएको जानकारी आएको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानीधि भट्टले जानकारी दिए। ‘मन्त्रिपरिषद बैठक आजलाई बोलाइएको थियो,’ उनले भने, ‘अब भोलि बस्ने सूचना आएको छ।’
उनका अनुसार कुलमान घिसिङलाई पुन नियुक्ति गर्ने प्रस्ताव पनि भोलिकै मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ। ‘क्याबिनेट बसेपछि उहाँको (कुलमान) निरन्तरताको लागि प्रस्ताव मन्त्रीज्यूले पेस गर्नुहुन्छ।’ घिसिङलाई ४ वर्षका लागि या २ वर्षका लागि नियुक्ति गर्ने विषयमा भने नेताहरुले केही निर्णय नगरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












