मन्त्रिपरिषद बैठक स्थगित, कुलमान र सरकारका प्रवक्ताबारे निर्णय शुक्रबार
काठमाडौं । नेपाल सरकारको आज (बिहीबार)का लागि तय भएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ।
पार्टीको बैठकको तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएपछि बैठक नबस्ने भएको हो। शुक्रबार नेकपाको सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रीहरुलाई आज बिहान १० बजे नै बैठक सरेको जानकारी गराएको हो । मन्त्रिपरिषदको आगामी बैठकले सरकारको प्रवक्ता तोक्ने, विद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडा मनोनित अवधि सकिएपछि सरकारको प्रवक्ता तोकिएको छैन। त्यस्तै विद्युत प्राधिकरणका प्रमुख घिसिङको चार वर्षे कार्यकाल पनि यही भदौ २९ गते सकिँदैछ। नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएको बेला प्राधिकरण सम्हाल्न पुगेका घिसिङले नेपाललाई लोडसेडिङ मुक्त पारेका थिए।
उनलाई पुन विद्युत प्राधिकरणको प्रमुख बनाउन सरकारलाई चर्को जनदबाब छ। बैठक भोलिका लागि डाकिएको जानकारी आएको ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानीधि भट्टले जानकारी दिए। ‘मन्त्रिपरिषद बैठक आजलाई बोलाइएको थियो,’ उनले भने, ‘अब भोलि बस्ने सूचना आएको छ।’
उनका अनुसार कुलमान घिसिङलाई पुन नियुक्ति गर्ने प्रस्ताव पनि भोलिकै मन्त्रिपरिषदको बैठकमा पेश हुनेछ। ‘क्याबिनेट बसेपछि उहाँको (कुलमान) निरन्तरताको लागि प्रस्ताव मन्त्रीज्यूले पेस गर्नुहुन्छ।’ घिसिङलाई ४ वर्षका लागि या २ वर्षका लागि नियुक्ति गर्ने विषयमा भने नेताहरुले केही निर्णय नगरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












