काठमाडौँ बाहिर आवतजावतमा प्रशासनले गर्यो थप कडाइ (सूचनासहित)
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाहिर जाने सवारीलाई थप कडाइ गर्ने भएको छ।
यसअघि जारी गरिएको निषेध आदेशको अवधिमा पासबिनै अत्यावश्यक काममा जानेलाई सहजीकरण गर्ने गरेको भए पनि अब पासबिना कसैलाई पनि बाहिर जान पनि नदिने भएको हो।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै पास लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा अनिवार्य उपस्थित हुनैपर्ने जानकारी गराएको छ। यसअघि दाहसंस्कारमा जाने, सरुवा भएर जाने कर्मचारी लगायतलाई पासबिनै सहजीकरण गरेर पठाउने गरिएको थियो।
तर अब उनीहरुले पनि पास लिनैपर्ने भएको छ। पास लिनका लागि अत्यावश्यक कामको प्रयोजन प्रस्ट खुल्ने कागजातका साथै गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमति पत्र तथा जाने स्थानको स्थानीय तहको सिफारिससमेत लिएर निवेदन दिनुपर्ने छ।
तोकिएका अत्यावश्यक काम बाहेककालाई सवारी पास जारी नगर्ने पनि प्रशासनले जनाएको छ।
राजधानीको अवस्था सामान्यतर्फ लैजानका लागि बाहिरबाट हुने आवतजावतलाई भने थप कडाइ गरिएको हो।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












