केयुकेएल महांकाल शाखा भ्रष्टाचारीहरुको अखडा, भ्रष्टाचार गर्ने मरठ्ठा समुहलाई कारवाहि के ?
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाकाल चौर शाखामा व्यापकरुपमा अनियमित काम गरि भ्रष्टाचार भएको समाचार छ ।
सरकारले सर्वसाधारण जनतालाई लकडाउन र निषेधाज्ञा लगायो । यहि समयको फाइदा उठाउँदै मौकामा चौका हाने केयूकेएल महाकाल चौरका उमेश मरठ्ठा समुहले । यस शाखाका अनियमितताका फेरस्तीहरुको चाङ हामिले प्राप्त गरेका छौ । कोरोना भाइरस (कोभिड–१९) मा अतिआबश्यक पर्ने कर्मचारीहरुका लागि चाहिने स्वास्थ्य सामाग्रि खरिदमा समेत व्यापक भ्रष्टाचार भएको भएको छ ।
यस शाखामा कार्यालय प्रमुख उमेश मरठ्ठा छन भने लेखा प्रमुखमा राजु कोइरालाले आफ्नो भुमिका निभाएका छन । उनले पनि आर्थिक चलखेल गरेर अनियमितरुपमा भएका कामको भुक्तानी दिई संस्थालाई हानि नोक्सानी पुर्याउने गरेका धेरै प्रमाणहरु छन । शाखालाई चाहिने कोरोना भाइरस रोकथामका पिपिई, मेडिकल माक्स, एन ९५ माक्स, सेनिटाइजर लगाएतका सामाग्री खरिदमा मात्र हैन १० रुपयाँको डटपेनलाई ३० रुपयाँको विल समेत कोइरालाले भुक्तानी गरेका छन । बजारमा ५ रुपयाँमा पाउने मेडिकल माक्सलाई २५ रुपयाँको विल भुक्तानी भएको समाचार स्रोतले दावी गरेको छ । एन ९५ माक्सलाई पहिलो लकडाउनमा ९ सय रुपयाँ र पछिल्लो निषेधाज्ञाको समय वरिपरीमा २ सय ५० रुपयाँमा खरिद गरेका छन । यसलाई अनियमितता र भ्रष्टाचार नभनेर के भन्ने ? सप्लायर्स प्रकाश लामिछाने, केशव पोख्रेल र खड्ग रिमालले केयूकेएलका शाखाहरुमा सामान सप्लाई र निर्माणका कामहरु गर्दै आएका छन । उनीहरुको केयूकेएलमा एक छत्र राज चल्दै आएको छ ।
यहाँ काम गर्ने ठेकेदारहरुले केयूकेएलका कर्मचारीहरुका अनियमित काम गरेका हरेक प्रमाणहरु शुरक्षीत राख्दै आएका छन । कुनै समयका रमाइला खानपिन र राशलिलाका तस्वीरहरु समेत ठेकेदारका मोवाइलमा कैद हुने गरेका तथ्यहरु समेत फेला परेका छन । पोख्रेल र रिमालले फिटिङ र स्टेशनरीका सामान सप्लाई गर्ने गरेको समाचार स्रोतको दावी छ । लामिछानेले टेण्डर र कुनै कुनै शाखामा कोटेशनमा सामान सप्लाई गर्दै आएका छन । उमेशहरुले खानेपानीका ठेकेदारहरुसँगको मिलेमतोमा परल भन्दा निक्कै धेरैमा समान खरिद गरेर आफ्नो आर्थिक हैसियत उकासे भने संस्था डुब्दो अवस्थामा छ । उमेश मरठ्ठा गोरखा निवासी हुन । मरठ्ठाले बालाजुमा आलिनशान बग्गला बनाएर छन । उनले खानेपानीमा अनियमितता र भ्रष्टाचार नगरिकन उनको इन्जिनियरको मासिक तलव भक्ताले घर कसरी निर्माण भयो सहज अनुमान लगाउन सकिन्छ ।
राजु कोइरालाले गौशलामा घर बनाएका छन । उनको जन्मस्थान सिन्धुलीको दुम्जा हो । हाल उनी ससुरालीको घरमा बस्दै आएका छन । उनी पनि खानेपानीमा लामो समयदेखि लेखामा बस्दै आएका लेखा अधिकृत हुन । मोदराज ओखलढुगाबाट आएका हुन । उनले गोर्कणमा सामान्य घर बनाएका छन । उनी भलै अरु भन्दा केहि इमान्दार कर्मचारी हुन । उनको सबै प्रक्रिाय पुगेर आएका सामानको स्टोर दाखिला र खर्च लेख्ने काम मात्र हुन्छ । समग्रमा उनको संस्थालाई धेरै हानि नोक्सानी पुर्याउने तहको अधिकार हुदैन । तर, पनि उनी यस समुहका एक सदस्य भने अबस्य हुन ।
सत्तासिन पार्टी निकट युनियनका अध्यक्ष नवलसिंह साउँद प्रशासन तथा खरिद प्रमुख हुन । उनको खरिदमा महत्वपूर्ण भुमिका हुन्छ । साउँद अछाम निवासी हुन । भलै उनले खानेपानीको जागिरबाट भक्तपुरको ठिमिमा महल निर्माण गरेर केयूकेएललाई गिज्याई रहेका छन । उनले पनि खानेपानीमा बसेर गरेको भष्टाचारले आफ्नो आर्थिक हैसित उकासेका छन । यूनियनका नेता भएर कमाउ र मालदार ठाउँमा घुमिघुमि बस्दै आएका छन । साउद मरठ्ठा समुहका भरपर्दा र राजनितिक पहुँच भएका कर्मचारी हुन । साँउदले यस शाखामा नेकपाका नेताहरुको पावर लगाएर सरुवा बढुवामा समेत ठुलै खालको दख्खल राख्ने गरेको समाचार स्रोतको दावी छ । उनी आफु अनुकुल नचल्ने कर्मचारीहरुलाई समेत अपाएक सरुवा गर्न दवाद दिन्छन । त्यसैगरि हेम बुढाथोकि, प्रवल बास्कोटा, भुमिराज दाहाल र रामचन्द्र साह पनि यहि समुहका महत्पूर्ण ठाउमा बसेर काम गर्ने कर्मचारी हुन ।
यस शाखामा नयाँ धारा जडान, पाइप लाइन मर्मत, मिटर जडान र नयाँ पाइप लाइन जस्ता काममा पैसाको व्यापक चलखेल हुने गरेको छ । त्यतिमात्र हैन धारामा पानी नआउने ग्राहकसँग पैसा असुल गरेर हिसाव किताव मिलाउने काम पनि यस शाखाबाट हुर्दै आएका छन । पाइप लाइनमा जेआई पाइपको स्टामेट बनाएर ठेकेदारसँग मिलेमतो गरि सिआई तथा एचडिपी पाइप जडान गरेर लाखौ खाने गरेका छन । जिआई पाइप भन्दा सिआई र एचडिपी पाइप घेरै सस्तो मुल्यमा खरिद गर्ने गरेको पनि बुझिन आएको छ । यस शाखामा भएका यस वर्षका सबै कामहरुको विषयमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पनि कर्मचारीहरुले माग गरेका छन ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












