शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न पत्र लेखेकै दिन उच्च अदालतले रोक्यो
काठमाडौं । युरिया मल समयमै ल्याउन नसकेको ठेकेदार कम्पनीको ठेक्का कृषि सामग्री कम्पनीले रद्द गरिसकेको छ।
दुई ठेकेदार कम्पनीको धरौटी वापदको करिब ९ करोड रुपैयाँ जफत गर्ने निर्णय पनि कार्यान्वयनमा गइसकेको छ। यस्तो अवस्थामा सोमबार कृषि सामग्री कम्पनीले दुवै ठेकेदारलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्र पठायो।
तर यो पत्र पुगि नसक्दै उच्च अदालत पाटनले मलको ठेक्काबारे अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश रमेश प्रसाद भण्डारीका एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै ठेकेदारले धरौटी राखेको जमानत जफत नगर्न र कालोसूचीमा नराख्न भन्दै सरकारका नाममा आदेश जारी गरेको हो।
मलको ठेक्का पाएर मल नल्याउने सैलुङ इन्टरप्राइजेजलाई यसअघि नै कृषि सामाग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय खारेजीको माग गर्दै सैलुङ इन्टरप्राइजेजले कृषि सामाग्री कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। न्यायाधीश भण्डारीको इजलासले कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न समेत भनेको छ। कृषि सामग्री कम्पनीले गत भदौ २२ गते बैंकको जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
उच्च अदालतले ठेक्का वाला कम्पनीका प्रतिनिधि र कृषि सामाग्री कम्पनीका प्रतिनिधिलाई भदौ ३१ गते छलफलका लागि अदालतमा उपस्थित हुन पनि भनिएको छ। ठेक्का सम्झौता अनुसार समयमै मल नै नल्याएपछि ठेक्का पाएको कृषि सामग्री कम्पनी लिमिटेडले सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग ठेक्का सम्झौता रद्द भएको थियो।
सम्झौता अनुसार यी कम्पनीले भदौ २० सम्म २५-२५ टन रसायनिक मल ल्याउनुपर्ने थियो। उनीहरुले सम्झौता मितिसम्म नल्याएपछि कृषि सामग्रीले उनीहरुले धरौटी राखेको ९ करोडसमेत जफत गर्ने निर्णय गरेको छ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












