शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न पत्र लेखेकै दिन उच्च अदालतले रोक्यो
काठमाडौं । युरिया मल समयमै ल्याउन नसकेको ठेकेदार कम्पनीको ठेक्का कृषि सामग्री कम्पनीले रद्द गरिसकेको छ।
दुई ठेकेदार कम्पनीको धरौटी वापदको करिब ९ करोड रुपैयाँ जफत गर्ने निर्णय पनि कार्यान्वयनमा गइसकेको छ। यस्तो अवस्थामा सोमबार कृषि सामग्री कम्पनीले दुवै ठेकेदारलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्र पठायो।
तर यो पत्र पुगि नसक्दै उच्च अदालत पाटनले मलको ठेक्काबारे अन्तरिम आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश रमेश प्रसाद भण्डारीका एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै ठेकेदारले धरौटी राखेको जमानत जफत नगर्न र कालोसूचीमा नराख्न भन्दै सरकारका नाममा आदेश जारी गरेको हो।
मलको ठेक्का पाएर मल नल्याउने सैलुङ इन्टरप्राइजेजलाई यसअघि नै कृषि सामाग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय खारेजीको माग गर्दै सैलुङ इन्टरप्राइजेजले कृषि सामाग्री कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। न्यायाधीश भण्डारीको इजलासले कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न समेत भनेको छ। कृषि सामग्री कम्पनीले गत भदौ २२ गते बैंकको जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
उच्च अदालतले ठेक्का वाला कम्पनीका प्रतिनिधि र कृषि सामाग्री कम्पनीका प्रतिनिधिलाई भदौ ३१ गते छलफलका लागि अदालतमा उपस्थित हुन पनि भनिएको छ। ठेक्का सम्झौता अनुसार समयमै मल नै नल्याएपछि ठेक्का पाएको कृषि सामग्री कम्पनी लिमिटेडले सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग ठेक्का सम्झौता रद्द भएको थियो।
सम्झौता अनुसार यी कम्पनीले भदौ २० सम्म २५-२५ टन रसायनिक मल ल्याउनुपर्ने थियो। उनीहरुले सम्झौता मितिसम्म नल्याएपछि कृषि सामग्रीले उनीहरुले धरौटी राखेको ९ करोडसमेत जफत गर्ने निर्णय गरेको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












