कुलमानका पक्षमा उभिँदै कलाकार, पुनर्नियुक्तिका लागी दबाब दिने ‘ब्ल्याक आउट’ अभियान
काठमाडौं । कलाकारहरु नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा उभिएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा कलाकार छन् ।
दैनिक १८ घण्टासम्म लोडसेङि भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकको पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो । प्राधिकरणबाट उनी बाहिरिएसँगै कतै पुरानै अवस्था दोहोरिने हो की भन्ने त्रासले कलाकारहरु कुलमानको पक्षमा उभिएका हुन् ।
प्राधिकरणमा कुलमानलाई पुनः नियुक्तिको माग गर्दै आजबाट हरेक साँझ बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले अपिल गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, “आदरणीय साथीहरु कुलमानजीको पुनः नियुक्तिको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।”
निर्देशक प्रदिप भट्टराइले पनि दीपकले जस्तै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन आग्रह गरेका छन् । उनी सामाजिक सञ्जालमा फेसबुकमा लेख्छिन्, “नराम्रा पटक पटक, राम्रा किन एक पटक ?”
यसअघि दीपकले फेसबुकमा ‘आज बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ ! सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन ।’ लेखेपछि उनकै स्टाटसलाई आधिकारिक मान्दै धेरैले समाचार लेख्ने तथा बधाइदिन थालेपछि दीपकले आफूले कुलमानलाई सरकारले नियुक्त गरिसकेको भनेर नलेखेको तर यस्तै आशयको निर्णय पढ्न पाइयोस् भनेर लेखेको बताएका थिए ।
उनको स्टाटसलाई धेरैले कपी पेस्ट गरेका थिए । कलाकार केदारप्रसाद घिमिरे, जितु नेपाल, हरिवंश आचार्य, करिष्मा मानन्धर लगायतले कुलमानलाई नियुक्त गर्न माग गरेका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












