जनकपुर-जयनगर चल्ने दुईवटा रेल भोलि नेपाल आइपुग्ने
काठमाडाैँ । बहुप्रतिक्षित जनकपुर-जयनगर चल्ने दुईसेट रेल भोलि जनकपुर आइपुग्ने भएको छ।
झण्डै ६ महिना अघि नै भारतमा निर्माण भएको दुईसेट रेल बिहारको पटनामा राखिएको थियो। भोलि हस्तान्तरण गर्नको लागि रेल जनकपुर आउन लागेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
जनकपुरदेखि बर्दिबासम्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसFग रेल किन्ने सम्झौता गरेको थियो। सोही अनुसार भारतको मद्रासस्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीले निर्माण गरेको दुईसेट रेल रंगरोगन गरी ल्याएर बिहारको पटना नजिकै सुरक्षितसाथ राखिएको थियो।
कोकण रेलवेज कर्पोरेसन कम्पनीसँग उक्त दुईसेट रेल भ्याटसहित झण्डै १ अर्बमा नेपाल सरकारले खरिद गरेको छ।
‘लकडाउनको कारण ल्याउन नसकेर पटनामा सुरक्षित साथ राखिएको दुईवटा रेलसेट दिउँसोसम्म जनकपुर आइपुग्ने छ। एक कार्यक्रमबिच रेल विभागलाई निर्माण गरेको कम्पनीले दुईवटै रेल सेट हस्तान्तरण गर्छ’ विभागका महानिर्देशक मिश्रले भने ‘रेल निर्माण कम्पनीका पदाधिकारी र रेल्वे विभागका उच्चस्तरीय अधिकारीहरुको सहभागिता रहने छ।’
रेल हस्तान्तरणपछि पुनः दुईवटै रेललाई जयनगर लगेर सुरक्षित साथ राखिने छ।
पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ। दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ।
पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि केहिदिन अघि रेल विभागले करारमा कर्मचारी भर्ना लिन आवेदन आह्वान गरेको थियो। जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ।
परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो।
जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











