हुम्लाका सहायक सिडियोको स्पष्टीकरण : ‘गल्ती बोलेँ, क्षमा चाहन्छु’
काठमाडौँ । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।
गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।
सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए । त्यसपछि गृहले नापी विभागसँग जानकारी लिएको थियो । नापीले पनि अतिक्रमण भनेर गलत हल्ला चलाएको भन्दै छानबिन हुनुपर्ने सुझाव दिएको थियो । परराष्ट्र मन्त्रालयले पनि गलत प्रतिवेदन बनाउने अधिकारीसँग स्पष्टीकरण सोध्न गृहको ध्यानाकर्षण गराएको थियो । गृहमा प्रतिवेदन पठाएपछि हमालले विभिन्न सञ्चारमाध्यमलाई चीनबाट भूमि अतिक्रमण भएको र छानबिनका लागि गृहमा पत्र पठाइसकेको जानकारी दिएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएका कारण सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधिएको बताए । ‘यति गम्भीर र संवेदनशील विषयमा बोल्नैपरे परराष्ट्रले बोल्छ, हामीलाई यो अधिकार छैन,’ बूढाले कान्तिपुरसित भने । उनले हुम्लाबाट आएको स्थलगत प्रतिवेदनमाथि पनि छानबिन भइरहेको बताए ।
हमालसहितको टोलीले चीनले नेपाली भूमि अतिक्रमण गरेको रिपोर्ट पेस गरेपछि गृह मन्त्रालयले असोज २ गते थप अध्ययन गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको थियो । त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको टोली ११ नम्बर स्तम्भ भएको स्थानतर्फ लागेको थियो । टोलीले स्तम्भ ढुंगाले छोपिएको अवस्थामा फेला पारेको छ । टोलीले ७ देखि १२ नम्बरसम्मका स्तम्भको अवस्थाबारे जानकारी लिएको छ ।
चीनले ललुङजोङ क्षेत्रमा ४ देखि ९ वटासम्म कोठा भएका ९ वटा एकतले भौतिक संरचना पछिल्लो समय बनाएको छ । २०६६ सालमा त्यस क्षेत्रमा चीनले पशु उपचार केन्द्रका लागि भनेर दुईवटा घर बनाएको थियो । यो क्षेत्र नेपाल–चीन ११ र १२ नम्बर पिल्लरको बीचमा पर्छ । यो हुम्ला सदरमुकाम सिमकोटबाट करिब ९५ किमि उत्तर पर्छ । भूमि अतिक्रमण गरेको भनेर हमालका साथै स्थानीय तहका पदाधिकारीले पनि विवादास्पद अभिव्यक्ति दिएका थिए ।
त्यसपछि बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि विरोध प्रदर्शन भएको थियो । दूतावासले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दिएको थियो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि चीनबाट नेपाली भूभाग अतिक्रमण नभएको बताएका थिए । गृह स्रोतले भन्यो, ‘सीमाजस्तो विषयमा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सहायक प्रजिअलगायतले कसरी बोले, यो विषयमा छानबिन भइरहेको छ ।’
यसैबीच हुम्लाको नाम्खा गाउँपालिकाको टाक्चेमा सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) राख्ने भएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले टाक्चेमा बीओपी स्थापना गर्न जग्गा प्राप्ति र संरचना निर्माणसम्बन्धी अध्ययन भइरहेको बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












