माैसममा क्रमिक सुधार, यस्तो छ आज वर्षाको सम्भावना
काठमाडाैँ । मौसम क्रमिक रूपमा सुधार हुँदै गएको मौसमविद्ले बताएका छन्।
आज (शनिबार) पनि काठमाडौंमा बिहानैदेखि घाम देखिएको छ। आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना एकदमै कम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन्।
‘मौसम क्रमिक रूपमा सुधार भइरहेको छ,’‘हिजैबाट देशका विभिन्न स्थानमा घाम लाग्न थालेको हो।’
मौसमविद् बासीका अनुसार हिजो काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर ५ को पश्चिमी क्षेत्रमा घाम लागेको थियो।
‘तर पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्रको थोरै प्रभाव बाँकी नै छ,’ उनले भनिन्, ‘त्यही भएर प्रदेश नम्बर १ र २ का एक दुई स्थानमा आज भारी वर्षा हुने सम्भावना छ।’
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
यस्तै प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि एक दुई स्थानमा आज दिउँसो मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।
बुलेटिनअनुसार राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एकर दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि दिएको छ : प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
सामान्यतया नेपालबाट मनसुन बाहिरिने मिति यही सेप्टेम्बर २७ भए पनि अन्तिम समयमा गत चार/पाँच दिन देशभर व्यापक वर्षा भएको थियो। माैसमविद्का अनुसार भनेकै दिन मनसुन बाहिरिँदैन। केही दिन अघि पछि हुन्छ। केही वर्षयता नेपालमा मनसुन लम्बिइरहेकाे छ। अक्टाेबरसम्म पनि रहने गरेकाे छ।
मनसुन अझै केही दिन रहने देखिए पनि दिनप्रतिदिन वर्षा कम हुँदै जाने मौसमविद् मञ्जु बासीले बताइन्। ‘वर्षा भए पनि हिजो अस्तिको जस्तो बाढी पहिरो जाने खालको हुने सम्भावना छैन,’ मौसमविद् बासीले भनिन्।
मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार आगामी २ दिन यस्तो छ वर्षाको सम्भावना :
असोज ११ गते आइतबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज १२ गते सोमबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।
राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












