पूर्वराज्यमन्त्री खड्का सवार गाडीको ठक्करबाट मृत्यु भएको घटना गुपचुप
आफन्तजन भन्छन: गाडी खड्का आफैले चलाएका थिए, प्रहरी भन्छ :चालकले घटना घटाएको स्वीकारीसके
काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको नीजि गाडीले ठक्कर दिएर मृत्यु भएको एउटा घटनालाई गुपचुप राख्ने प्रयास भएको छ । खड्काको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले गत ७ गते त्रिभुवन शिक्षण अस्पताल नजिकै २६ वर्षीय अनुपा कार्की (पाण्डे)लाई ठक्कर दिएको थियो ।
मध्यान्ह साढे १२ बजे सड्क पार गर्ने क्रममा श्रीमान विक्रम कार्कीसँगै रहेकी अनुजालाई मोटरसाइकलले ठक्कर दिएको महानगरीय प्रहरी वृत्त चक्रपथका डिएसपी रोशन खड्काले जानकारी दिए । उनका अनुसार मोटर साइकलको ठक्करबाट लडेकी उनलाई खड्काको गाडीले टाउको, छाती, घाटी र खुट्टामा किचेको थियो । गाडी किचेर भागेपछि त्यहाँ सडकमा रहेका नागरिक र श्रीमानले मिलेर उनलाई नजिकै रहेको शिक्षण अस्पत्तालमा पु¥याएका थिए ।
गम्भिर अवस्थामा अस्पताल पु¥याइएकी उनको त्यसैदिन पौने तीन बजे मृत्यु भएको आफन्त नेत्रबहादुर देउजाले जानकारी दिए । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ६ हात्तीगौडामा बस्ने अनुजाको मृत्यु भएको ५ दिनसम्म पनि प्रहरीले न आफ्नो बुलेटिनमा उल्लेख गरेको छ, न त कुनै मिडियाले त्यस बारेमा समाचार लेखेका छन् । डिएसपी खड्काले आफूह? अनुसन्धानकै क्रममा रहेको र पीडितले अहिलेसम्म किटानी जाहेरी दिइसनसकेको जानकारी दिए ।
प्रहरीले त्यसै दिन राति गोल्फुटारबाट गाडी र चालक ३३ वर्षीय जयराज जोशीलाई नियन्त्रणमा लिएको खड्काले बताए । प्रहरी स्रोतका अनुसार गाडी धोएर सफा बनाइएको अवस्थामा राखिएको थियो ।
तर, परिवारजन भने गाडी खड्का आफैले चलाएको बताउँछन । अनुजामाथि गाडी चढाएर भागेका खड्काले नक्कली चालक खडा गरेको आरोप आफन्तजनको छ । डिएसपी खड्काले भने चालक जोशीले आफूले घटना घटाएको स्वीकारेको बताए ।
घटनाको विस्तृत विवरण आफूह?ले महानगरीय प्रहरी परिसरमा बुझाएको र उतैबाट लिन डिएसपी खड्काले आग्रह गरे ।
दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा–२ बाट प्रत्यक्ष चुनाव जितेका खड्का खानेपानी राज्यमन्त्री बनेका थिए ।
आफूहरुले आज केही बेरमा महानगरीय प्रहरी वृत्त चत्रपथमा किटानी जाहेरी दिने तयारी गरेको आफन्त देउजाले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











