चीनका लागि नेपाली राजदूत पाण्डेको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति
काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।
हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको काँग्रेसले राजदूत पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि राजदूत पाण्डेले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।
‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र?,’
निधिको प्रश्न छ ।
निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताए ।
यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पनि राजदूत पाण्डेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारी धारणा के हो भन्द प्रश्न गरेका छन् ।
थापाले ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरीत भएको बताए ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘चीनका लागि नेपाली राजदूतले ग्लोबल टाईम्समा दिनुभएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित छ। परराष्ट्रमन्त्रीज्यू राजदूतको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो ? होईन भने परराष्ट्र मन्त्रालायले आफ्नो धारणा स्पष्ट गरोस्।’
अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवांछनीय हुने थापाको भनाइ छ ।
‘अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदुतबाट हलुका टिप्पणी सदा अवांछनीय हुन्छ। यतिखेर भार-चीन,नेपाल-भारत र नेपाल-चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दैगएको छ। यो समयमा राजदूत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ,’ थापाले भनाइ छ ।
यसैगरी काँग्रेसका नेता गुरुराज घिमिरेलले राजदूत पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैरकुटनीतिक भएको दाबी गरे । उनले ट्वीटरमा लेखेका छन्,’नेपालको हुम्ला जिल्लाको भौगोलिक सिमाका बिषयमा बेइजिङमा रहेका नेपालका राजदूत महेन्द्र ब.पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैर कुटनीतिक देखिन्छ।’
उनले थपेका छन्, ‘उनको काम राष्ट्रको हितमा चिनसँगको सम्बन्धलाई अझ सुमधुर बनाउने हो । एउटा छिमेकीको अनावश्यक पैरवी गरेर अर्को छिमेकीलाई आधारहिन गालीगर्ने होइन।’
काँग्रेसका नेता उदय शमशेर राणाले पनि विदेशमा रहेका नेपाली राजदूतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै नेपालको पक्षमा बोल्नुको सट्टा राजदूत भएको देशको पक्षमा बोल्दै आएको बताए ।
पूर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले राजदूतले आफूले गर्नुपर्ने भन्दा विपरीत काम गरेको टिप्पणी गरे ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको बताए ।
चीनसँगको सीमा विवाद नभएको तथा अहिले मिडियामा आइरहेको विषय भारतको इसारामा प्रोपोगण्डाको रुपमा आइरहेको राजदूत पाण्डेले अन्तर्वार्ताका क्रममा बताएका थिए।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











