जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्।
संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्नु आवश्यक भएको बताए।
जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताए। “जैविक विविधता संरक्षण त्यस्तो कार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाहरूको प्रतिबद्धता र कार्यान्वयन आवश्यक हुन्छ। मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै हामीले अझ महत्त्वकाङ्क्षी लक्ष्यहरू निर्धारण गर्नुपर्छ,” उनले भने।
प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अङ्ग भएको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान प्राचीन कालदेखि नै हाम्रा ऋषिमुनिहरूले नयाँ पुस्तालाई हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्त्वबारे शिक्षा दिएका बताए।
जैविक विविधता संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र त्यसमा वाञ्छित प्रगति पनि गरिरहेको जानकारी दिँदै उनले त्यसको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षाको महत्त्वपूर्ण आयामको रुपमा रहेको बताए।
प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अङ्ग भएको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान हाम्रा प्राचीन ऋषिमुनिहरूले पुस्तेनी हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्त्वबारे सिकाएका बताए।
जैविक विविधताको संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र त्यसमा वाञ्छित प्रगति पनि गरिरहेको जानकारी दिँदै उनले जैविक विविधताको संरक्षण ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाको महत्त्वपूर्ण आयामको रुपमा रहेको बताए। नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना सुनाए।
भू-परिदृश्यस्तरीय संरक्षण र बसाइँ सर्ने प्रजातिसम्बन्धमा सीमावारपार सहयोगका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई सफलताको दृष्टान्त मानिएको तथा सोही सफलता मानव र वन्यजन्तुबीच हुने द्वन्द्व व्यवस्थापनमा सामुदायिक संलग्नतामा पनि देख्न सकिने उनले बताए।
जलविद्युतबाट उपलब्ध हुने स्वच्छ ऊर्जाले जैविक विविधतामा पर्ने दबाबलाई कम गरेको, कानुनको सवल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोगको अभिवृद्धिबाट नेपालले झण्डै एकदशक यता गैंडाको शिकारलाई शून्यमा सीमित गरेको जानकारी पनि प्रधानमन्त्रीले दिए।
लक्षित वर्ष सन् २०२२ अगावै नेपालमा बाघको सङ्ख्या झण्डै दोब्बरले वृद्धि हुने प्रक्षेपण गर्दै उनले नेपालको पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला भएको बताए। उनले भने, “खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत पनि हो, मानवमात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महत्त्वपूर्ण साझा निधिका रूपमा रहेको छ। यसको लाभ हाम्रो सीमापारिसम्म पुगेको छ।”
मानव अतिक्रमण, वातावरणीय प्रदूषण, जलवायु परिवर्तन तथा वन्यजन्तुविरूद्धका अपराधले जैविक विविधतामा क्षति पुगेको तथा त्यसको संरक्षण चुनौतीपूर्ण बनेको वास्तविकता पनि प्रधानमन्त्री ओलीले प्रस्तुत गरे। उनले जैविक विविधता शिखर सम्मेलन आयोजना गरेकामा महासचिव एण्टोनियो गुटरेसप्रति आभार प्रकट गरे।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











