प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्य, प्रभुका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सकिने
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिङ्ग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् ।
यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् । प्रभु बैंक नेपालका क बर्गको बैंकमध्ये एक हो । बैंकले आफ्ना २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १५५ एटीएम नेटवर्कबाट बैंकिग सेवा प्रदान गरिरहेको छ । बैंकका १४ लाखभन्दा बढी ग्राहक छन् ।
सम्झोता अनुसार बैंकले स्प्यारो पेलाई भिएम (भर्चुअल मेसिन) उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक बाइन्डिग (बैंक खाता लिंक गर्ने) ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने छ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथसाथै खल्तीबाट रेमिट्यान्स पाउन र पठाउन अनि कर्जाको फाराम समेत भर्न सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












