पशुपन्छी कल्याण अभियानमा अण्डा बिक्रेताको चासो
काठमाडाैँ । चितवनमा रहेका अण्डा बिक्रेताहरुले अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणसँग सम्बन्धित अभियानमा हातेमालो गर्न चासो देखाएका छन् ।
अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान अन्तरगतको भेटघाट तथा छलफलका क्रममा उनीहरुले आफ्नो धारणा राखेका हुन् । पशुकल्याणको क्षेत्रमा क्रियाशिल संस्था एनिमल नेपालले गत वर्षदेखि नेपालमा पहिलोपटक उक्त अभियान सञ्चालन गरिरहेको छ ।
कोशेली पोल्ट्री सप्लायर्सका सञ्चालक मोहन कुमार श्रेष्ठले पिंजडायुक्त र पिंजडामुक्त दुबैखाले खोरमा पालिएका कुखुराहरुबाट उत्पादित अण्डा बजारमा उपलब्ध हुने बताए । उपभोक्ताहरुको माग अनुसार अण्डा उपलब्ध गराइए पनि पशुपन्छी कल्याणका बारेमा सबै उपभोक्तालाई ज्ञान नभएका कारण सो सम्बन्धी व्यापक जनचेतना जगाउनुपर्ने श्रेष्ठले औंल्याए ।
नेपालमा फ्री रेन्ज मोडलमा कुखुरापालनको व्यवसायिकता आईनसकेता पनि विदेशमा आफूले हेरेको अनुभव सुनाउदै श्रेष्ठले कुनै दिन नेपालमा पनि देख्न पाईने उल्लेख गरे ।साना तथा मझौला व्यवसायीले सोत्तर प्रणाली अण्डा उत्पादन गरी पशुकल्याण मैत्री वातावरणको प्रक्षेपण गरेकाले पनि त्यसमा आधारित कार्यक्रम अभियानमा समेटिनु पने सुझाव दिए ।
युगल सप्लायर्सका सञ्चालक युबराज पाठकको धारणा भने अलिक फरक खालको छ । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याण सुनिश्चित गर्न जबसम्म कुखुरापालन व्यवसायीहरुको प्रतिवद्धता आउदैन, तबसम्म यो विषय ओझेलमा परिरहने भन्दै उनले भने,“आधुनिकीकरणको नाममा परम्परागत पेशा व्यवसाय निर्दयी हुनुहुदैन ।” केज प्रणालीको तुलनामा सोत्तर प्रणाली कुखुराहरुका लागि शारीरिक तन्दुरुस्तीका हिसाबले कल्याणकारी मानिन्छ । अठार महिनासम्म पिंजडाजस्तो खोरमा अटसमटस गरी जीवन धानेर उत्पादित अण्डा भन्दा पर्याप्त ठाँउमा हिडडुल चलखेल गरी स्वतन्त्रतापूर्वक उत्पादन भएको अण्डा स्वास्थ्यका हिसाबले राम्रो हुनेमा विमति छैन । अर्का थोक बिक्रेता बिनोद पोखरेलका अनुसार चितवन क्षेत्रबाट उत्पादित अण्डा नेपालभर मागको आधारमा सप्लाई गरिदै आएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै छ । उपभोक्ताको चाहना अनुसार अण्डाको सहज आपूर्तिका लागि प्रायजसो गुणस्तरिय सेवा दिन र सोही अनुसारको कामले व्यवसाय प्रवद्र्धन गर्न वा टिक्न सञ्जालमार्फत जुटेर अगाडि बढिरहेको एनिमल नेपालले सञ्चालन गरेको अभियानमा सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए बजारमा उपभोक्ताहरुका लागि थोक तथा खुद्रा किसिमले अण्डाको कारोबार हुने र खोर तथा सोत्तर प्रणालीमा पालिएका कुखुराहरुबाट उत्पादित अण्डा उपभोक्तको रोजाई अनुसार उपलब्ध हुने पोखरेलको भना। अभियानका संयोजक निर्मल शर्मा नेतृत्वको टोलिले सोत्तर प्रणालीमा आधारित केही पोल्ट्री फार्मको स्थलगत अवलोकन समेत गरेको थियो । दैनिक आठ हजार बढी पेटी अण्डाको सप्लाई भईरहेको चितवन जिल्ला लेयर्स कुखुरा तथा अण्डाको हबको रुपमा मानिन्छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












