डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली
काठमाडौं । १९औँ अनशनरत प्राडा. गोविन्द केसीलाई अनशन बसेको २३ औँ दिनमा सरकारी टोली त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेटेको छ।
शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले आज डा केसीलाई भेटेको हो।
टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा केसीलाई आग्रह गरेको छ। जवाफमा डा केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भन्नुभएको बताइएको छ।
आफ्ना मागहरूबारे छलफल गर्ने हो भने औपचारिक रूपमा वार्ता टोली पठाउनुपर्ने अडान केसीले सरकारी टोलीसमक्ष राखेको बताइएको छ।
२३ दिनदेखि अनशनरत डा केसी स्वास्थ्य अवस्था बिग्रँदै गएको चिकित्सकहरूले बताएका छन्। उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको श्वासप्रश्वासमा धेरै गाह्रो हुन थालेपछि उनलाई अक्सिजनको सहयोगमा राखिएको बताइएको छ।
चिकित्सा शिक्षा सुधारलगायत मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई आठौँ दिनमा काठमाडौं ल्याइएको थियो। डा केसीले १९औं अनशन सुरु गरेको मंगलबार २३ दिन पुगेको छ।
२३ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आवासीय चिकित्सकहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। आइतबारदेखि आन्दोलन थालेका आवासीय चिकित्सकहरु मगलबार पनि सेवा रोकेका छन्।
सोमबारै केसीको आन्दोलनमा समर्थन जनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा त्रिवि शिक्षण अस्पताल पुगेर केही बेर धर्नामा बसेका छन्। यता चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले समेत केसीको माग सम्बोधन गरी उनको उनको जीवनरक्षाको माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












