डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली
काठमाडौं । १९औँ अनशनरत प्राडा. गोविन्द केसीलाई अनशन बसेको २३ औँ दिनमा सरकारी टोली त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेटेको छ।
शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले आज डा केसीलाई भेटेको हो।
टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा केसीलाई आग्रह गरेको छ। जवाफमा डा केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भन्नुभएको बताइएको छ।
आफ्ना मागहरूबारे छलफल गर्ने हो भने औपचारिक रूपमा वार्ता टोली पठाउनुपर्ने अडान केसीले सरकारी टोलीसमक्ष राखेको बताइएको छ।
२३ दिनदेखि अनशनरत डा केसी स्वास्थ्य अवस्था बिग्रँदै गएको चिकित्सकहरूले बताएका छन्। उनको मुटुको चाल कमजोर हुँदा कतिबेला के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको श्वासप्रश्वासमा धेरै गाह्रो हुन थालेपछि उनलाई अक्सिजनको सहयोगमा राखिएको बताइएको छ।
चिकित्सा शिक्षा सुधारलगायत मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई आठौँ दिनमा काठमाडौं ल्याइएको थियो। डा केसीले १९औं अनशन सुरु गरेको मंगलबार २३ दिन पुगेको छ।
२३ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आवासीय चिकित्सकहरू सडकमा निस्किएर प्रदर्शन गरेका छन्। आइतबारदेखि आन्दोलन थालेका आवासीय चिकित्सकहरु मगलबार पनि सेवा रोकेका छन्।
सोमबारै केसीको आन्दोलनमा समर्थन जनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा त्रिवि शिक्षण अस्पताल पुगेर केही बेर धर्नामा बसेका छन्। यता चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघले समेत केसीको माग सम्बोधन गरी उनको उनको जीवनरक्षाको माग राख्दै ७२ घण्टे अल्टिमेटम दिएको छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












