गुरुयोजनाको विरोध गर्दै स्थानीयले घेरे पशुपति विकास कोष
काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाइ घेराउ गरेका छन् ।
पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोधअन्तर्गत आज (बुधबार) कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् ।
स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।
पशुपति क्षेत्र संयुक्त संघर्ष समिति संयोजक आशामान सङ्गतले पशुपति क्षेत्रभित्र रहेका १४० पर्व र ४० वटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकाले विरोध गर्नुपरेको बताए । कोषले ल्याएको गुरुयोजनाको खारेजीको माग गर्दै आफूहरुले दोस्रो चरणको विरोध स्वरुप आज कोषको कार्यालय घेराउ गरिएको बताए ।
वाग्मती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तोनाटक गरिरहेको बताए । तर सरकारले स्थानीयका कुनै पनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको उनले बताए ।
उनले खासगरी स्थानीयले गुरुयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौंम महानगरपालिकाअन्तर्गत ल्याउन माग गरेको बताए । तर सरकार संवेदनशील नभएकाले कोभिड संक्रमणको जोखिमका बीच पनि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।
पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुको भनाइ छ । स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्रभित्रका जात्रा, पर्वहरुको विनाश हुने चिन्तामा आफूहरु रहेको स्थानीय बताउँछन् ।
पशुपति क्षेत्र विकास कोषले गत साउनमा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको एक सयवर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












