मतदाता भेटघाट तथा विकास निर्माणका आयोजना अनुगमणमा सांसद रोका
रुकुम-पुर्व । प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री कमला रोकाले पुथाउत्तरगंगा गाउँपालिकामा जनप्रतीनिधी र नागरिक अगुवासँग भेटघाट गर्नुभएको छ ।
कोरोना महामारीको बेलामा जिल्लामा आउनुभएकी सासंद रोकाले भौतीक दुरी काय राख्दै सबैसँग भेटघाटका साथै छलफल र अनुगमणको कार्य गर्दै आउनुभएको छ ।
सिस्ने र भूमे गाउँपालिकाको विभिन्न कार्यक्रममा शरिक बनेर आज पुथाउत्तरगंगा गाउँपालिकामा पुग्नुभएकी सासंद रोकाले गाउँपालिकामा भइरहेका विकास निर्माणको अवस्थाको बारेमा जानकारी लिनुभएको छ भने पाहुना घर र आइसोलेसनको पनि अनुगमण गर्नुभएको छ ।
अहिले पुथाउत्तरगंगा गाउँपालकिाको उत्तरगंगा नदिमा बन्न लागेको मोटरेबल पुल विवादीत छ ।
उत्तरगंगा नदिमा पुल निर्माणको लागि डिपीआर तयार भएर पनि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । विवादकै कारण काम भने अघि बढ्न सकेको छैन । विवादित विषयलाई मिलाएर डिपीआर गरेकै ठाउँबाट छिटो भन्दा छिटो पुल निर्माणको कामलाई अगाडि बढाइने सांसद रोकाले छलफलको क्रममा बताउनुभएको छ ।
यस्तै उहाँले सोही गाउँपालिकाको वडा नमबर ५ र ६ मा जाने हुकामदेखि मैकोेटसम्मको सडक निर्माणको डिपिआर गर्ने विषयमा पनि छलफल गगरिएको छ । अहिले सामान्य छलफल गरिएपनि ५ र ६ नम्बर वडाका नागरिकसँग बृहत छलफल गरी डिपीआर गरिने सांसद रोकाको भनाई छ ।
सम्बन्धित ठाउँका नागरिकसँग छलफल नगरी डिपीआर गरिदा पछि विवाद भएर काममा आवरोध हुने स्थिती सिर्जना हुने गरेकाले पहिले नै छलफ ल गरेर मात्र काम अगाडि बढाउदा राम्रो हुने उहाँको भनाई छ । यस्तै सांसद रोकाले निर्मानाधिा पाहुना घर र आइसोलेसनको पनि अनुगमण गर्नुभएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिनुभयो ।
छलफल तथा भेटघाट कार्यक्रममा सासंद रोकासहित जिल्ला समन्वय समिति प्रमुख, गजेन्द्रबहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, निमित्त जिल्ला समन्वय अधिकारी विमला रोका श्रेष्ठ लगाएत गाउँपालिकाका कर्मचारी, र नागरिक अगुवाको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












