मंसिरमा साढे २ लाख टन मल आयात, कृषि मन्त्री भन्छन्- ‘यो वर्ष मलको अभाव हुँदैन’
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बेलैमा मल आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कृषि मन्त्रालयले आगामी मंसिर महिनाभित्र २ लाख ५० हजार टन मल आयात गर्ने तयारीसँग प्रक्रिया सुरु भएको जानकारी दिएको छ । चालू आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले रासायनिक मल ल्याउन साढे ११ अर्ब अनुदान सरकारले बजेट विनियोजन गरेको छ । अनुदान रकममध्येबाट कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयातको जिम्मेवारी पाएका छन् ।
कृषि मन्त्रालय अन्तरगतका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता समेत गरिसकेका छन् । जसमा कृषि मन्त्रालयले चालु आर्थिक बर्षमा १ लाख ५० हजार टन मल आयातको टेन्डर र ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडी बढेको छ ।
हिउँदे बाली लक्षित गरी थप १ लाख १५ हजार टन रासायनिक मल आपूर्तिको टेन्डर प्रक्रिया अघि बढाएको कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । जसमा ३० हजार टन युरिया खरिदका लागि स्विस सिंगापुर कम्पनीलाई छनोट गरिएको प्रवक्ता पोखरेले बताए । ‘चालु आर्थिक वर्षका २ लाख ४५ हजार टन रासायनिक मल ल्याउन टेन्डर भइसकेको छ । कात्तिक र मंसिरभित्र आइसक्ने गरी १ लाख ३० हजार टन मल ल्याउन टु्ङयो लागि सकेको छ,’ उनले भने, ‘मंसिर दोस्रो साताभित्र ८० हजार टन युरिया आयात हुन्छ । भने, सोही समयमा ४० हजार टन डिएपी र १० हजार टन पोटास भित्रिन्छ ।’
४० हजार डिएपीमध्ये २० हजार टन मुक्तिनाथ कृषि कम्पनी र २० हजार टन आइपिएलसँग ठेक्का सम्झौता भइसकेकोे छ । भने, इन्डिया पोटास लिमिटेड (आइपिएल)ले बन्दरगाहमा १० हजार टन पोटास मल आउँदै गरेको उनको भनाइ छ । इन्डिया पोटास लिमिटेड (आईपीएल)ले बन्दरगाहबाट १० हजार टन पोटास कात्तिक महिनामा आयात गर्ने सामाग्रीले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा बदनाम ठेकेदार शैलुङ इन्टरप्राइजेजसँग युरिया आयातका लागि ३० हजार टन र २५ हजार टन गरी कुल ५५ हजार टनको सम्झौता भइसकेको छ । गत आर्थिक वर्षमा मल ठेक्का पाएको यो कम्पनीले मल समयमा आयात नगरेपछि कृषि मन्त्रालय धरौती जफतसँगै र शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखेको थियो ।
मंसिरभित्र ५५ हजार टन युरिया मल आयात नगरेर कात्तिक अन्तिममै शैलुङ इन्टरप्राइजेजलाई कारवाही प्रक्रिया अगाडि बढाउन तयारी भइरहेको कृषि सामाग्रीले घोषणा गरिसकेको छ । यसैगरी, मुक्तिनाथ कृषि कम्पनीसँग २५ हजार टन युरिया आयातका लागि कृषि सामग्रीले सम्झौता गत साउन महिनामा गरिसकेको थियो । उत्त कम्पनीले पनि मंसिरभित्र मल आयात गर्ने प्रतिबद्धता गरेको सामाग्रीले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षमा मल अभाव हुँर्दैन् : मन्त्री भुसाल
गत आर्थिक वर्ष बजारमा मल अभाव भएपछि किसानले कृषि मन्त्रालय र सरकारको चर्को विरोध गरेका थिए । कृषि मन्त्रालयको जिम्मेवारी समाह्लेका कृषि मन्त्री घनश्याम भुसाललाई पनि किसानले सामाजिक सञ्जालमा ‘किसानका समस्या रमिता हर्ने रमिते मन्त्री’ भनेर गाली गरेका थिए ।
सरकारले कृषि क्षेत्रमा किसानका समस्या नजिकबाट नियालिरहेको कृषि मन्त्री भुसाल मन्त्री भुसाल बताउँछन् । विगतका कृषि क्षेत्रका सबै समस्यालाई अध्ययन गदै नयाँ तरिकाबाट काम गर्नुपर्ने कृषि मन्त्रीलाई चुनौती भएको कृषि मन्त्री भूसालले बताए । ‘गत आर्थिक वर्षमा किसानले मल समय नपाएर धेरै समस्या भोग्नुपर्यो । चालु आर्थिक वर्षमा मल आयात गर्ने जिम्मा पाएका सम्बन्धीत निकायसँग म आफू हप्तापिच्छे कुराकानी गरिरहेको छु,’ मन्त्री भूसालले भने, ‘चालु आर्थिक वर्षमा किसानलाई मल अभाव हुँदैन् । मल आयात गर्ने ठेक्का पाएका सम्बन्धी निकायले समयमा मल ल्याउने प्रक्रिया अगाडी बढाएका छन् । ढुक्क भए हुन्छ, विगतमा जस्तो मल अभाव यो वर्ष हुँदैन् ।’
सरकारले कृषिमा उत्पादन बढाउन नीति लिएको छ । जस कारण यो क्षेत्रमा समस्या र विकृत्ति चाँडै समाधान गदै कृषिमा फड्को मार्ने उनको भनाइ छ । सरकारले स्थानीय र प्रदेशसँग सहकार्य गरेर कृषिमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यक रहेको मन्त्री भूसालले जानकारी दिए । समयमा कृषिका सामाग्री नपाएपछि किसान आक्रोस भएको विषयलाई आफुले गम्भीर रुपमा लिएको मन्त्री भूसालले बताए ।
पैँचो मल मंसिरमा
सरकारले बंगलादेशसँग पैँचो मागेको युरिया नेपाल आइपुग्ने मंसिर लाग्ने कृषि मन्त्रालयले जनाएको छ । सार्वजनिक खरिद कानुनअनुसारको प्रक्रिया अगाडि बढाएर ढुवानी कार्य अघि बढाउँदा मल ल्याउन निकै लामो समय लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले बंगलादेशसँग सापट मागेको ५० हजार मेट्रिक टन युरिया मल ढुवानीको जिम्मा संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको छ । बंगलादेशको चटगाउँ बन्दरगाहबाट मल नेपाल ल्याउनका लागि ब्यागिङ गर्ने, लोडअनलोड गर्ने र ढुवानी गर्ने गरी उक्त कम्पनीलाई सरकारले टेन्डरबाट छनोट गरेको थियो ।
उक्त कम्पनीले छिटो गरेर काक्ति अन्मित नभए मंसिरमा मात्र बंगलादेशबाट पैचोको मल आउने कृषि मन्त्रालयले जनाएको छ । सरकारले नेपालमा मलको अभाव भएपनि बंगालादेशसँग मल पैँचो मागेको थियो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












