मंसिरमा साढे २ लाख टन मल आयात, कृषि मन्त्री भन्छन्- ‘यो वर्ष मलको अभाव हुँदैन’
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बेलैमा मल आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कृषि मन्त्रालयले आगामी मंसिर महिनाभित्र २ लाख ५० हजार टन मल आयात गर्ने तयारीसँग प्रक्रिया सुरु भएको जानकारी दिएको छ । चालू आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले रासायनिक मल ल्याउन साढे ११ अर्ब अनुदान सरकारले बजेट विनियोजन गरेको छ । अनुदान रकममध्येबाट कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयातको जिम्मेवारी पाएका छन् ।
कृषि मन्त्रालय अन्तरगतका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता समेत गरिसकेका छन् । जसमा कृषि मन्त्रालयले चालु आर्थिक बर्षमा १ लाख ५० हजार टन मल आयातको टेन्डर र ठेक्का सम्झौता गर्ने प्रक्रिया अगाडी बढेको छ ।
हिउँदे बाली लक्षित गरी थप १ लाख १५ हजार टन रासायनिक मल आपूर्तिको टेन्डर प्रक्रिया अघि बढाएको कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए । जसमा ३० हजार टन युरिया खरिदका लागि स्विस सिंगापुर कम्पनीलाई छनोट गरिएको प्रवक्ता पोखरेले बताए । ‘चालु आर्थिक वर्षका २ लाख ४५ हजार टन रासायनिक मल ल्याउन टेन्डर भइसकेको छ । कात्तिक र मंसिरभित्र आइसक्ने गरी १ लाख ३० हजार टन मल ल्याउन टु्ङयो लागि सकेको छ,’ उनले भने, ‘मंसिर दोस्रो साताभित्र ८० हजार टन युरिया आयात हुन्छ । भने, सोही समयमा ४० हजार टन डिएपी र १० हजार टन पोटास भित्रिन्छ ।’
४० हजार डिएपीमध्ये २० हजार टन मुक्तिनाथ कृषि कम्पनी र २० हजार टन आइपिएलसँग ठेक्का सम्झौता भइसकेकोे छ । भने, इन्डिया पोटास लिमिटेड (आइपिएल)ले बन्दरगाहमा १० हजार टन पोटास मल आउँदै गरेको उनको भनाइ छ । इन्डिया पोटास लिमिटेड (आईपीएल)ले बन्दरगाहबाट १० हजार टन पोटास कात्तिक महिनामा आयात गर्ने सामाग्रीले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा बदनाम ठेकेदार शैलुङ इन्टरप्राइजेजसँग युरिया आयातका लागि ३० हजार टन र २५ हजार टन गरी कुल ५५ हजार टनको सम्झौता भइसकेको छ । गत आर्थिक वर्षमा मल ठेक्का पाएको यो कम्पनीले मल समयमा आयात नगरेपछि कृषि मन्त्रालय धरौती जफतसँगै र शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखेको थियो ।
मंसिरभित्र ५५ हजार टन युरिया मल आयात नगरेर कात्तिक अन्तिममै शैलुङ इन्टरप्राइजेजलाई कारवाही प्रक्रिया अगाडि बढाउन तयारी भइरहेको कृषि सामाग्रीले घोषणा गरिसकेको छ । यसैगरी, मुक्तिनाथ कृषि कम्पनीसँग २५ हजार टन युरिया आयातका लागि कृषि सामग्रीले सम्झौता गत साउन महिनामा गरिसकेको थियो । उत्त कम्पनीले पनि मंसिरभित्र मल आयात गर्ने प्रतिबद्धता गरेको सामाग्रीले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षमा मल अभाव हुँर्दैन् : मन्त्री भुसाल
गत आर्थिक वर्ष बजारमा मल अभाव भएपछि किसानले कृषि मन्त्रालय र सरकारको चर्को विरोध गरेका थिए । कृषि मन्त्रालयको जिम्मेवारी समाह्लेका कृषि मन्त्री घनश्याम भुसाललाई पनि किसानले सामाजिक सञ्जालमा ‘किसानका समस्या रमिता हर्ने रमिते मन्त्री’ भनेर गाली गरेका थिए ।
सरकारले कृषि क्षेत्रमा किसानका समस्या नजिकबाट नियालिरहेको कृषि मन्त्री भुसाल मन्त्री भुसाल बताउँछन् । विगतका कृषि क्षेत्रका सबै समस्यालाई अध्ययन गदै नयाँ तरिकाबाट काम गर्नुपर्ने कृषि मन्त्रीलाई चुनौती भएको कृषि मन्त्री भूसालले बताए । ‘गत आर्थिक वर्षमा किसानले मल समय नपाएर धेरै समस्या भोग्नुपर्यो । चालु आर्थिक वर्षमा मल आयात गर्ने जिम्मा पाएका सम्बन्धीत निकायसँग म आफू हप्तापिच्छे कुराकानी गरिरहेको छु,’ मन्त्री भूसालले भने, ‘चालु आर्थिक वर्षमा किसानलाई मल अभाव हुँदैन् । मल आयात गर्ने ठेक्का पाएका सम्बन्धी निकायले समयमा मल ल्याउने प्रक्रिया अगाडी बढाएका छन् । ढुक्क भए हुन्छ, विगतमा जस्तो मल अभाव यो वर्ष हुँदैन् ।’
सरकारले कृषिमा उत्पादन बढाउन नीति लिएको छ । जस कारण यो क्षेत्रमा समस्या र विकृत्ति चाँडै समाधान गदै कृषिमा फड्को मार्ने उनको भनाइ छ । सरकारले स्थानीय र प्रदेशसँग सहकार्य गरेर कृषिमा धेरै परिवर्तन गर्नुपर्ने आवश्यक रहेको मन्त्री भूसालले जानकारी दिए । समयमा कृषिका सामाग्री नपाएपछि किसान आक्रोस भएको विषयलाई आफुले गम्भीर रुपमा लिएको मन्त्री भूसालले बताए ।
पैँचो मल मंसिरमा
सरकारले बंगलादेशसँग पैँचो मागेको युरिया नेपाल आइपुग्ने मंसिर लाग्ने कृषि मन्त्रालयले जनाएको छ । सार्वजनिक खरिद कानुनअनुसारको प्रक्रिया अगाडि बढाएर ढुवानी कार्य अघि बढाउँदा मल ल्याउन निकै लामो समय लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले बंगलादेशसँग सापट मागेको ५० हजार मेट्रिक टन युरिया मल ढुवानीको जिम्मा संयुक्त अरब इमिरेट्स (युएई) को कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको छ । बंगलादेशको चटगाउँ बन्दरगाहबाट मल नेपाल ल्याउनका लागि ब्यागिङ गर्ने, लोडअनलोड गर्ने र ढुवानी गर्ने गरी उक्त कम्पनीलाई सरकारले टेन्डरबाट छनोट गरेको थियो ।
उक्त कम्पनीले छिटो गरेर काक्ति अन्मित नभए मंसिरमा मात्र बंगलादेशबाट पैचोको मल आउने कृषि मन्त्रालयले जनाएको छ । सरकारले नेपालमा मलको अभाव भएपनि बंगालादेशसँग मल पैँचो मागेको थियो ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












