खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने वैज्ञानिकहरूको दाबी
काठमाडौँ । कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् ।
कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दाबी गरिएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ ।
अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने पनि देखाएको छ । ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।
तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भाइरस लामो समय रहेको उल्लेख छ । यस्तै कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
तुलनात्मक रूपमा फ्लू भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। तर, यो प्रयोग अँध्यारो अवस्थामा गरेकाले परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइएको पनि बताइएको छ।
यद्यपि कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शङ्का कायमै रहेको बताएका छन् ।
कोरोना भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्ने बताइँदै आए पनि हावाको माध्यमबाट पनि सर्ने विवरणहरू पनि सार्वजनिक भइरहेका छन् ।
यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ-२ भाइरस नोट (पैसा) वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएका) खानामा पनि रहन सक्ने देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठनले भने कोभिड १९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।
भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएपछि अझ अन्योल छाएको छ ।
‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा संक्रममणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुने र मानिसहरूलाई जोगाउन सकिन्छ,’ सीसीरोका प्रमुख कार्यकारी डा.ल्यारी मार्शलले भने ।
कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्वप्रमुख प्राध्यापक रन एकल्सले भने पछिल्लो अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलाइएको बताएका छन् ।
‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन, यसर्थ यो अपूरो छ,’ प्राध्यापक एकल्ले भने।
अघिल्लो साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।
पछिल्ला अनुसन्धानका नतिजाहरू सार्वजनिक भएसँगै विज्ञहरूले पैसा तथा फोनको स्क्रिन सफा गरिरहन सुझाव दिएका छन् ।
अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म संक्रामक रहन सक्ने देखाएका छन्।
अझै पनि मानिसहरूले सङ्क्रमणबाट जोगिन बारम्बार हात धुनु पर्ने तथा फोनका टचस्क्रीन नियमित सफा राख्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












