खास अवस्थामा कोरोना भाइरस २८ दिनसम्म बाँच्ने वैज्ञानिकहरूको दाबी
काठमाडौँ । कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् ।
कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय जीवित रहन सक्ने दाबी गरिएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ ।
अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने पनि देखाएको छ । ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइएको उक्त अनुसन्धानले पुष्टि गरेको छ ।
तर, सतह तथा कुनै छिद्र नभएका सतह मा भाइरस लामो समय रहेको उल्लेख छ । यस्तै कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
तुलनात्मक रूपमा फ्लू भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ। तर, यो प्रयोग अँध्यारो अवस्थामा गरेकाले परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइएको पनि बताइएको छ।
यद्यपि कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने संक्रमणको जोखिमबारे शङ्का कायमै रहेको बताएका छन् ।
कोरोना भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्ने बताइँदै आए पनि हावाको माध्यमबाट पनि सर्ने विवरणहरू पनि सार्वजनिक भइरहेका छन् ।
यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स-कोभ-२ भाइरस नोट (पैसा) वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएका) खानामा पनि रहन सक्ने देखाएको छ।
विश्व स्वास्थ्य सङ्गठनले भने कोभिड १९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।
भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएपछि अझ अन्योल छाएको छ ।
‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा संक्रममणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुने र मानिसहरूलाई जोगाउन सकिन्छ,’ सीसीरोका प्रमुख कार्यकारी डा.ल्यारी मार्शलले भने ।
कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्वप्रमुख प्राध्यापक रन एकल्सले भने पछिल्लो अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलाइएको बताएका छन् ।
‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन, यसर्थ यो अपूरो छ,’ प्राध्यापक एकल्ले भने।
अघिल्लो साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।
पछिल्ला अनुसन्धानका नतिजाहरू सार्वजनिक भएसँगै विज्ञहरूले पैसा तथा फोनको स्क्रिन सफा गरिरहन सुझाव दिएका छन् ।
अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म संक्रामक रहन सक्ने देखाएका छन्।
अझै पनि मानिसहरूले सङ्क्रमणबाट जोगिन बारम्बार हात धुनु पर्ने तथा फोनका टचस्क्रीन नियमित सफा राख्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












