संघ र प्रदेशका सांसदहरु जनभेटघाट तथा विकास निर्माण आयोजना अनुगमणमा
जनभेटघाटमा गृह जिल्ला पुगेकी सांसद रोकाद्वारा खेलमैदान उद्घाटन
रुकुम-पूर्व । जिल्लामा आउनु भएका संघ र प्रदेशका सांसदहरुले यतीबेला मतदाताहरुसँगको भेटघाट कार्यक्रमलाई जारी राख्नुभएको छ ।
कोरोना महामारीको बेलामा जिल्लामा पुग्नुभएका संघ र प्रदेशका सांसदहरुले भौतीक दुरी कायम राख्दै मतदाता भेटघाटसँगै गाउँठाउँमा भइरहेका विकास निर्माणको अवस्थाको बारेमा जानकारी लिइरहनुभएको छ ।
मतदाता भेटघाट र उनिहरुको गुनासो सुन्ने क्रममा टोली आज सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा पुगेको छ । संघिय सांसद कमला रोका, प्रदेश सांसद तेजबहादुर ओली र भौतीक पूर्वाधार विकास सभापती आशा स्वर्णकार लगाएत जिल्लाको टोली पोखरामा जभेटघाटसँगै विभिन्न कार्यक्रममा शरिक हुनुभएको छ ।
वडा नम्बर ३ का पोखरा र पाँगा लगाएतका ठाउँका नागरिकले संघ र प्रदेशका सांसदहरुलाई भेरीले गरिरहेको कटानको समस्यालाई समाधान गरिदिन माग गरेका छन् । यस्तै पोखरामा कृषि सडक निर्माण, लिफ्ट सिचाइको व्यवस्था र ढल निकासको व्यवस्था गरिदिन माग गरेको अनेरास्ववियुका जिल्ला संयोजक समेत रहनुभएका स्थानीय रेवन खड्काले जानकारी दिनुभयो ।
यसै क्रममा पोखरा खेल मैदान निर्माण समिति र स्वाबलम्बि कृषि सहकारी संस्थाले सांसदलाई मागपत्र पेश गरेका छन् । पोखरामा अहिलेसम्म एउटा पनि व्यवस्थित खेल मैदान नहुँदा समस्या भएपछि खेल मैदान निर्माण गरिदिन र चिउरी प्रशोधन मेसीन लगाएत भौतीक संरचनाहरु निर्माण गरिदिन भन्दै मागपत्र बुझाएको खड्काले बताउनुभयो । जनता मावि पोखराले पनि चियापान कार्यक्रम गर्नुका साथै विद्यालयका समस्याहरुलाई संैबोधन गर्न माग गरेको छ ।
आफ्ना मतदाताहरुले राखेका यी मागहरुलाई माथीबाट आउने नीति र कार्यविधिअनुसार संबोधन गर्ने सांसद रोकाले प्रतिबद्धता जनाउनुभएको छ । यस्तै प्रदेशबाट संबोधन हुने योजनाहरुलाई पनि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रदेश सासंद ओली र स्वर्णकारले बताउनुभएको छ ।
संघिय सांसद रोकाले पाँगामा रहेको सौजन्य आधारभूत विद्यालयको खेलमैदान उद्धघाटन गर्नुभएको छ । सांसद विकास कोषको १५ लाख बजेटबाट निर्माण गरिएको खेल मैदानको सांसद रोकाले रिवन काटेर उदघाटन गर्नुभएको छ ।।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वली, उपप्रमुख भीमकुमारी घर्ति, अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल, अनेरास्ववियू जिल्ला संयोजक रेवन खड्का र सिस्ने गाउँपालिका इन्चार्ज बासुदेव गाैतमसहितको टोली पुगेको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












