कर्णाली प्रदेशकाे समस्या प्रचण्ड गलाउने ओलीको रणनीति
कर्णालीमा नाङ्लो ठटाएर खुमलटार तर्साउने प्रपञ्ज
काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा सिर्जित समस्या प्रधानमन्त्रीले केपी ओली सल्टाउनु पर्ने बताएका छन् ।
केन्द्रको राजनीतिलाई प्रदेशमा सारेर संकट थप गहिरो बनाउन खोजेकोभन्दै प्रचण्डले कर्णाली प्रदेशमा ओलीको धापमै मुख्यमन्त्री हटाउने खेल सुरु भएको भन्दै उनैले सल्टाउनुपर्ने बताएका हुन् । बालुवटारमा ओलीसँगको भेटमा प्रचण्डले उक्त मत राखेको स्राेतकाे दाबी छ ।
ओलीलाई भेट्न जानुअघि अध्यक्ष प्रचण्डसहित नेताहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा,बर्षमान पुनलगायतका नेताहरु खुमलटारमा बसेका थिए । त्यस बसाईमा अध्यक्ष ओलीको धापमा कर्णालीमा समस्या आएको निष्कर्ष निकालेको छ । पूर्वमाओवादीको भागमा परेको कर्णालीको मुख्यमन्त्री हटाउने खेलमा ओलीले धाप दिएर केन्द्रमा प्रचण्डलाई गलाउने ओली रणनीतिका रुपमा त्यस बसाईको निष्कर्ष छ ।
स्रोतका अनुसार, केन्द्रमा प्रचण्डले राजनीतिक नियुक्ति तथा मन्त्रिपरिषद् पुनगर्ठनमा राखेको अडानलाई कमजोर बनाउन प्रदेशमा संकट सिर्जना गराउन उक्साएको पनि प्रचण्डसहितका नेताहरुको भनाइ थियो । खुमलटारको त्यही निष्कर्षपछि अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार गएका थिए । त्यस छलफलमा पार्टी एकताका क्रममा भागबण्डामा परेको कर्णाली प्रदेशमा मुख्यमन्त्री पुर्वमाओवादीलाई हटाउने हो भने त्यसबापत कुन प्रदेशमा दिने हो त भन्ने प्रश्न पनि उठेको बताइएकाे छ ।
बालुवाटारमा प्रचण्डले ओलीलाई ‘तपाईद्धारा सिर्जित समस्या हो, तपाईले नै हल गर्नुस्’ भनेको खुमलटार स्रोतको दाबी छ । ओलीले प्रचण्डको भनाइमा खासै जवाफ नदिएको उल्टै प्रदेशको समस्या प्रदेशमै टुंगियाेस् भन्ने आग्रह गरेका थिए । त्यस क्रममा कर्णालीमा मुख्यमन्त्रीका कारण निकै समस्या भएको र पार्टीमा असन्तुष्टि बढेको ओलीको भनाइ थियो । तर, प्रचण्डले कर्णालीको समस्या ओलीले नै सल्टाउनुपर्ने अडानसहित बालुवाटारबाट निस्केका थिए ।
त्यसो त, विहान नै प्रचण्ड र माधव नेपालवीच पनि छलफल भएको थियो । छलफलमा प्रचण्डले नेपाललाई आफ्नो समूहका नेताहरुलाई फिर्ता गर्न आग्रह गरेका थिए । नेता नेपालले कर्णालीमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्नुपर्ने पक्षमा भए पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने पक्षमा भने नरहेको बताएका थिए । त्यसैले नेता नेपालले आफुनिकट नेताहरुलाई फिर्ता हुन आग्रह गरेकाे प्रचण्ड पक्षको बुझाइ छ ।
मुख्यमन्त्रीको सपनामा प्रदेशमा निर्वाचन लडेका यमलाल कँडेल जसरी पनि शाहीलाई हटाउन चाहन्छन् । कँडेलको सिफारिशमा भौतिक पूर्वाधार मन्त्री भएका ठेकेदार खड्क खत्रीलाई बैकिङ कसुरमा पाटन उच्च अदालत दोषी ठहर गरेपछि मुख्यमन्त्री शाहीले खत्रीलाई हटाएका थिए ।
त्यसपछि कँडेलले आफूनिकट सांसदलाई भौतिक पूर्वाधार मन्त्री बनाउन दबाब दिएका थिए भने नेपाल पक्षका नेताहरुले राजबहादुर शाहीलाई मन्त्री बनाउन पहल गरेका थिए ।
तर, मुख्यमन्त्री शाहीले ती दुवैका प्रस्ताव नसुनेर एक बर्षदेखि आफू मातहतै राखेपछि नेपाल पक्ष पनि शाहीसँग असन्तुष्ट थियो । अहिलेको मन्त्रिपरिषद्मा नेपाल पक्षबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला मात्र छन् ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












