डीडीसीमा भेटियो एक लाख ९४ हजार किलो म्याद गुज्रिएको बटर
काठमाडौं । सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ ।
काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो । ‘दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको छ, हामीले नमूना पनि ल्याएका छौं,’ बजार अनुगमन टोली प्रमुख हरिबहादुर भण्डारीले भने ।
बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्न भनिएको तर, गोदामका अधिकाशं बटरमा सो मिति नाघेको भण्डारीले अनलाइनखबरलाई बताए । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनावरीमा बनेको बटर गोदाममा भेटिएको उनले बताए ।
उत्पादन सकिएको बटर पनि डीडीसीले सुजलसंग किनेको पाइएको पनि अनुगमन समितिले जनाएको छ । सुजलसंग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।
मिति नसकिएको दाबी
यता दुग्ध विकास संस्थानको बालाजु आयोजनाले भने बटरको म्याद नसकिएको दाबी गरेको छ । संस्थाले सम्झौता गरेर सुजल किनेको बटर माइनस २० डिगि्रमा भण्डारण गरेको र सबैखाले गुणस्तरण परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको आयोजना प्रमुख गोविन्द जोशीले बताए ।
उचित भण्डारण गरेर बटर राख्दा १८ महिनासम्म पनि घिउ बनाउन सकिने प्रमुख जोशी बताउँछन् । ‘आयोजनाको ल्याब अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड २०२२ अनुसार रहेको छ, कुनै पनि वस्तुको अखाद्य छैन्,’ प्रमुख जोशीले भने ।
बजारमा नमूना योग्य बजार बनाउन सिकाउनुपर्ने सरकारी संस्थानबाटै म्याद गुज्रीएको बटरबाट घिउ बनाउनु अपराध भएको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन् ।
सरकारी कम्पनीको गुणस्तर खस्काएर बदनाम गर्ने रउपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने काममा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने तिमिल्सिना बताउँछन् ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











