‘जातको प्रश्न’ कुनै धर्मविरुद्ध नभएको समताको प्रष्टोक्ति
काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’को निर्माता समता फाउन्डेसनले कार्यक्रम कुनै धर्मविरुद्ध नभएको र कुनै पूर्वाग्रह नराखिएको बताएको छ ।
अभिनेता राजेश हमाल प्रस्तोता रहेको ‘जातको प्रश्न’लाई क्रिश्चियन लगानीमा हिन्दुविरोधी कार्यक्रम गरेको भन्दै टिकाटिप्पणी र विरोध भएपछि समताले प्रष्टीकरण दिएको हो ।
‘यो कार्यक्रमको मुख्य उद्देश्य नै जातीय विभेद सम्बन्धि घर घरमा संवादको सुरुवात गर्नु रहेको छ । यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पुर्वाहग्रह नराखेको स्पष्ट गर्न चाहान्छौ,’ विज्ञप्तिमा लेखिएको छ,’कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं । हाम्रो समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार-विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पुर्याएको छ ।’
दलित समुदायमा भएका र भइरहेका हिंसा र विभेदका घटनालाई उजागर गर्ने कार्यक्रमले क्रिश्चिनय संस्थाको लगानी लिएको भन्दै सामाजिक संजालमा विरोध भएको थियो । संस्थाका अध्यक्ष प्रदीप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको कानुनको अधिनमा रहेर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रीय संघसंस्थाको सहकार्य र सहयोगमा संचालन गरिएका परियोजना र कार्यक्रम पारदर्शी ढंगले संचालन गरिएको छ ।’
साथै समता फाउन्डेसनले राजेश हमालको तस्बिर र संस्थाको लोगो दुरुपयोग गरी उनले नबोलेका कुराहरु राखी सामाजिक संजालमा अवफाह फैलाइएको पनि बताएको छ ।
‘उक्त पोस्टर समता फाउण्डेसनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत् प्रष्ट्याउँदछौं । अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारको साईबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












