भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु
काठमाडाैँ । भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ।
गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।
तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो।
ढिला भएको उनको भ्रमणका लागि हालै प्रक्रिया पुनः सुरु भएको सैनिक स्रोतले जनाएको छ। नरवाणेलाई पुनः भ्रमणको लागि सेनाले निमन्त्रणा पठाउने तयारी गरेको छ।
मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।
भ्रमणको मिति तय भइनसकेको तर कात्तिकमा हुने गरी तयारी सुरु गरिएको सेनाले जनाएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्नेछन्।
नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने चलन छ।
यसअघि भारत भ्रमणका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापतिको मानार्थ ग्रहण गरेका थिए।
सेनाध्यक्ष नरवाणेले भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भए पनि त्यसको पूर्ण तालिका तयार भइसकेको छैन। यसको टुंगो लागिसकेपछि जानकारी गराउने सेनाले जनाएको छ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका आफ्ना भूभाग समेटेर नक्सा जारी गरेसँगै भारतसँगको सम्बन्ध चिसिएको छ। त्यसपछि नरवाणे पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।
नेपालले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा भारतले गरेको अतिक्रमणको विरोध गर्नुका साथै नेपालको सो भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेपछि नरवाणेले एक कार्यक्रममा चीनको उक्साहटमा नेपालले यी कदम चालेको बताएका थिए।
उनको सो अभिव्यक्तिप्रति नेपालले कडा आपत्ति जनाएको थियो भने भारतमै पनि उनको सो भनाइको विरोध भएको थियो।
तर पछिल्ला दिन भने नेपाल र भारतबीच पुनः विभिन्न तहमा औपचारिक तथा अनौपचारिक वार्ता सुरु भएका छन् र सम्बन्धमा सुधार हुँदै गएको अनुमान गरिएको छ।
यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रत्यक्ष कुराकानी, परराष्ट्र मन्त्रालयका केहि संयन्त्रबीच बैठक लगायत गतिबिधि सुचारु भएका बेला सेनाध्यक्षको बैठक समेत हुन लाग्नुलाई सम्बन्ध सुधारकै सिलसिलाको रुपमा लिइएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












