कर्णालीबाट आएका नेतासँग खुमलटारमा अलग्गै ब्रिफिङ
काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौं बोलाइएका कर्णालीका नेताहरूसँग नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो मुख्यमन्त्री शाहीलगायत नेताहरूसँग खुमलटारमा छलफल गरेका छन्।
उक्त छलफलमा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए।
‘उहाँले बोलाएपछि हामी गएका थियौं। प्रधानमन्त्रीले पनि बोलाउने भन्नुभएको छ। तर समय अझै फिक्स भइसकेको छैन,’ छलफलमा सहभागी नेकपा केन्द्रीय समिति सदस्य निरज आचार्यले भने,’बोलाउनु भयो भने उता पनि जाने हो।’
सुर्खेतबाट बोलाइएका सबै नेताहरू काठमाडौं आइसकेका छन्।
प्रचण्डसँगको भेटघाटमा शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेतृत्व गरेका सांसद यामलाल कँडेल भने सहभागी थिएनन्।
खुमलटार पुगेका नेताहरूको कुरा सुनेपछि प्रचण्डले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेर उनीहरूलाई संयुक्त छलफलमा बोलाउने बताएका थिए।
‘पहिला दुई अध्यक्षले छुट्टाछुट्टै कुरा गर्ने अनि सम्भवत: भोलि संयुक्त रूपमा कुरा गर्ने भन्ने छ,’ प्रचण्डनिकट स्रोतले भन्यो।
यसअघि गत मंगलबार प्रधानमन्त्री ओली र प्रचण्डले पत्र पठाउँदै मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, सांसद कँडेल, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई सबै कुरा यथास्थितिमा राखी २९ गतेभित्र पार्टी कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनेका थिए।
मुख्यमन्त्री शाही पक्षका नेताहरू बुधबार नै काठमाडौं आएका थिएँ। कँडेल पक्षधर नेताहरू बिहीबार बिहानमात्र काठमाडौं पुगेका हुन्। प्रदेश सभा सांसद चन्द्रबहादुर शाहीले अहिलेसम्म प्रधानमन्त्रीले बालुवाटार नबोलाएको बताए।
‘बिहान आइपुगेका हौं। आफ्नै हिसाबले बसिरहेका छौं। खुमलटार गएनौं। प्रधानमन्त्रीले बोलाउनु भयो भने बालुवाटार जान्छौं, ‘ उनले भने।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












