अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा छ : महानिरीक्षक थापा
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री चुनौतीसँग जुध्ने र अन्याय, अपराधलाई निर्मूल पार्ने सामर्थ्य प्रहरीमा भएको बताएका छन्।
विगतका त्यही सौर्य गाथाले भरिपूर्ण संगठन, व्यावसायिक निष्ठावान् सदस्यहरूको समर्पण भावले नेपाल प्रहरीको गरिमा चुलिएको बताउँदै उनले गरिमालाई जोगाउन प्रहरी कर्मचारीले निःस्वार्थ योगदान दिने विश्वास व्यक्त गरेका छन्।
६५ औं प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका प्रहरी अधिकृत तथा जवानलाई व्यावसायिक सफलता, पारिवारिक सुख एवं सुखद् भविष्यको कामना गरेका छन्। उनले सेवा निवृत्त अग्रज, अन्य प्रहरी कर्मचारीहरू, प्रहरी परिवार, अमर तथा शहीद प्रहरीका परिवारजनमा समेत शुभकामना व्यक्त गरेका छन्।
‘मातृभूमिका सेवाका खातिर प्राण उत्सर्ग गर्ने वीर तथा अमर प्रहरीको बलिदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’शुभकामना सन्देशमा भनिएको छ, ‘कर्तव्यपालनाको सिलसिलामा शारीरिक एवं मानसिक क्षति बेहोर्नु भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
उनले कानूनको निष्पक्ष कार्यान्वयन सम्झौता विहीन विषय भएकाले न्याय र सुरक्षाको प्रत्याभूत गर्ने बताएका छन्।‘गैर व्यावसायिक आचरण व्यवहार र कुनै पनि अपारदर्शी गतिविधि सह्य हुन नसक्ने पक्ष हुन्, यी पक्षहरूको अभावमा मात्र हाम्रा सेवाहरू जनमुखी, पारदर्शी र स्वच्छ हुनेछन्।
उनले सन्देशमा भनेका छन्, ‘सोही जगमा प्रहरीले जन विश्वास आर्जन गर्न सक्ने हुँदा यसतर्फ संवेदनशील रहन म सकल दर्जाका प्रहरी कर्मचारीलाई निर्देश गर्दछु।’ परिवर्तनहरूलाई आत्मसात् गर्दै रूपान्तरणका लागि प्रहरी तत्पर रहने धारणा राखेका छन्।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












