प्रधानमन्त्रीले मुख्यमन्त्री शाही र कँडेललाई भेट्ने समय दिएनन्
काठमाडाैँ । कर्णाली प्रदेशमा सत्ताको किचलो गरेर चर्चामा आएका मूख्यमन्त्री महेन्द्रबहादुर शाही, अविश्वास प्रस्तावका अगुवा यामलाल कँडेललगायत नेताहरू काठमाडौं आएर अलमलमा परेका छन् ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चिठी नै काटेर छलफलका लागि काठमाण्डाै बाेलाए पनि बैठक बस्न सकेकाे छैन । कार्यकारी अध्यक्ष प्रचण्डले निबासमै बाेलाएर दुबै पक्षसंग छुट्टाछुट्टै भेटे पनि प्रधानमन्त्री ओली उनीहरुलाई भेट्ने समय नै दिएका छैनन् ।
दुबै अध्यक्षकाे हस्ताक्षरसहितकाे पत्रमा २९ असाेजमा केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलका लागि आउन भनिएकाे थियाे । तर, अध्यक्षद्वयले बाेलाएकाे बैठक कहिले हुने निश्चित छैन । नेकपाभित्रैका पक्ष, प्रतिपक्षहरु राजधानी आएर के गर्ने कसो गर्ने भन्नेमा रनभुल्ल परेका हुन् ।
‘विवाद रोकेर आउनु भन्ने पत्र पाएर आयौ । धुम्बाराही पुगेर कार्यालय सचिवलाई नमस्कार गरेर फर्कियौं’ असन्तुष्ट पक्षका नेता कँडेलले शिलापत्रसंग भने, ‘बैठक कहिले हुन्छ कुनै जानकारी आएको छैन ।’
कँडेल र हटाइएका प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि अध्यक्ष प्रचण्डले खुमलटारमा बोलाएर छलफल गरेका थिए । भेटका क्रममा उनले ‘अविश्वासको प्रस्ताव’ आफूलाई सप्राइज लागेको बताएका थिए । अविश्वास प्रस्ताव कुनै गुटउपगुट वा कसैका निम्ति नभई कर्णालीको हीतका लागि भएको आफूले कुरा राखेको कँडेलले बताए ।
केन्द्रीय सदस्य निरज आचार्यका अनुसार, अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाही लगायतको समूहलाई पनि छुट्टै भेटेका थिए । आफूहरुसंग कर्णालीको विवाद र समाधानको उपायबारे रिपोर्टिङ लिएको आचार्यले बताए ।
प्रधानमन्त्री ओलीले भेट्ने बताइए पनि समय नपाएको दुबै पक्षका नेताहरुको भनाई छ ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












