ब्लड ग्रुपले पनि कोभिडको असरलाई प्रभावित गर्छ !
एजेन्सी । बुधबार प्रकाशित दुइवटा रिसर्चमा ‘ओ’ ब्लड ग्रुप भएका मानिस कोभिड–१९ सामु कम संवेदनशील हुन सक्ने देखिएको छ । यसका अनुसार उनीहरु कोरोना भाइरसका कारण गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्छ । तर विज्ञहरुले यस विषयमा थप अध्ययन आवश्यक रहेको पनि बताइरहेका छन् ।
रिसर्चले संक्रमणको जोखिम र गम्भीर बिरामी पर्न सक्ने सम्भाव्यतामा ब्लड ग्रुपको वास्तविक भूमिका हुने सम्बन्धी प्रमाण प्रस्तुत गरेको छ । संक्रमणको स्तर र ब्लड ग्रुप एकआपसमा कसरी सम्बन्धित भए भन्ने अझै स्पष्ट नभए पनि अनुसन्धानका क्रमममा यस्तो पत्ता लागेको बताइएको छ ।
डेनिस समुहका वैज्ञानिकहरुले गरेको पहिलो अध्ययनमा कोभिड पोजेटिभ भएका ७ हजार बढी मानिस मध्ये ३८.४ प्रतिशतको ब्लड ग्रुप ओ रहेको थियो जबकी कूलगरि २२ लाख मानिसमा ४१ प्रतिशतको यो ब्लड ग्रुप हुने गरेको छ ।
अर्कोतर्फ तिनै ७ हजार संक्रमितमा ४४.४ प्रतिशत चाहिँ ब्लड टाइप ए थिए र डेनिस जनसङ्ख्यामा ४२.३ प्रतिशतको यो ब्लड ग्रुप हुने गर्दछ ।
यसैगरी क्याडनाका अनुसन्धानकर्ताहरुले गरेको अर्को छुट्टै रिसर्चमा पनि कोरोनाले गम्भीर बिरामी परेका ९५ बिरामीमा ८४ प्रतिशतको ब्लड ग्रुप ए या एबी रहेको पत्ता लागेको हो । यति मात्र नभएर उनीहरुले ए या एबी ब्लड भएकाहरुलाई तुलनात्मक रुपममा इन्टेन्सिभ केयरमा लामो समय राख्नुपरेको पनि डाटाले देखाएको छ ।
प्रायः मानिसका चार किसिमका ब्लड ग्रुप हुन्छन्– ए, बी, एबी र ओ । अमेरिकाको सन्दर्भमा अधिकांशको ब्लड टाइप ओ या ए रहेको छ । र ब्लडग्रुपले मान्छेको दैनिकीमा एकदमै थोरै प्रभाव पारिरहेको हुन्छ ।
त्यसैले अहिले नै चिन्ता गर्नुपर्ने आवश्यकता चाहिँ नरहेकको युनिभर्सिटी अफ साउदर्न डेनमार्कका क्लिनिकल प्रोफेसर एवम् डेनिस रिसर्चका प्रमुख डाक्टर टोर्बेन बेरिङटन बताउँछन् ।
उनले भनेका छन्, “अझै हामीलाई ब्लड ग्रुप ओ हुनेहरुले केकसरी र कस्तो रुपमा सुरक्षा पाइरहेका हुन् या अन्य ब्लड ग्रुप चाहिँ किन संवेदनशील छन् भन्ने स्पष्ट थाहा भइसिकेको छैन । तर यो रिसर्चपछि यस विषयले पक्कै पनि वैज्ञानिक चासो उत्पन्न गराएको छ । र, यसको थप अध्ययन अनुसन्धान मार्फत कोभिडको उपचारमा पनि धेरै मद्दत पुग्न सक्ने हाम्रो विश्वास छ ।”
यसबारे दिइएको एउटा स्पष्टिकरणमा ब्लड टाइप ओ मा रगत जम्ने तत्व कम हुनाले यस्तो भएको हुन सक्ने बताइएको छ जसले उनीहरुमा रगत सम्बन्धी ‘कोआगुलेसन’ को जोखिम कम गराउँछ । र कोभिड–१९ मा शरीर भित्र रगत जम्नाले नै संक्रमित गम्भीर बिरामी पर्ने गरेका छन् । त्यस्तै अरु थेउरीहरुमा चाहिँ ब्लड ग्रुपको एन्टिजेनको प्रभाव पनि हुन सक्ने बताइएको छ जसले संक्रमण विरुद्ध लड्ने एन्टिबडिज या प्रतिरोधात्मक प्रणालीमा रिसेप्टरहरुको उत्पादनमा फरक पार्न सक्छ ।
यी रिसर्चमा संलग्न नरहेका जोन होप्किन्स युनिभर्सिटी सेन्टरका डाक्टर अमेशले यस सम्बन्धी भनेका छन्, “यी दुई खोजले कोभिड संक्रमणको जोखिम स्तरमा ब्लड ग्रुपको पनि केही न केही भूमिका हुन्छ भन्ने प्रमाण प्रस्तुत गरेका छन् । ”
यसअघि गत जुन महिनामा ‘न्यु इङ्ल्यान्ड जर्नल’ मा प्रकाशित छुट्टै रिसर्चमा पनि कोभिड–१९ का बिरामी र स्वस्थ व्यक्तिहरुको अध्ययन गर्दा नयाँ जेनेटिक डाटा फेला परेको थियो जसमा ब्लड ग्रुप ए भएकाहरु संक्रमित हुने केही बढी जोखिममा रहेको र ब्लड ग्रुप ओ हुनेहरुमा चाहिँ यसको खतरा कम रहेको पत्ता लागेको थियो । डाक्टर अमेशले भनेका छन्, “यसअघिका जेनेटिक अध्ययनमा पनि ब्लड टाइपको भूमिका फेला पर्नुले यो वास्तविक हुन सक्ने संकेत दिन्छ । ओ ब्लड टाइप सम्बन्धी पहिले देखि नै यही ट्रेन्ड देखा पर्दै आएको छ ।”
उनका अनुसार अरु पनि विभिन्न संक्रमणहरुमा ब्लड टाइपले खेल्ने भूमिकाबारे मेकिडल लिटरेचरमा धेरैपटक अध्ययन भइसकेको छ । जस्तै कि नोरो भाइरस संक्रमणप्रति भने ब्लड ग्रुप ओ बढी जोखिममा हुन सक्ने देखिएको थियो । यही मेकानिजमले कोभिड–१९ मा कसरी काम गर्छ भन्ने बुझ्न अझ गहिराइमा अध्ययन गर्न आवश्यक रहेको उनले बताए । उनले भनेका छन्, “अहिलेसम्मका रिसर्च हेरेर यो महत्वपूर्ण खोज रहेको साबित भइसकेको छ तर यसका लागि अझै थप वैज्ञानिक तथ्यहरु आवश्यक रहेको देखिन्छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












