चिनियाँ रक्षामन्त्रीको व्यस्त भ्रमण तालिका
काठमाडाैँ । मंसीर १४ गते आइतबार सम्भवतः बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएपछि चिनियाँ रक्षामन्त्री वेई फङ्गह सोझै बालुवाटारस्थित चिनियाँ दूतावास,बालुवाटार जाने कार्यक्रम रहेको उच्च स्रोतले बताएको छ ।
चिनियाँ समयअनुसार त्यतिबेला बेइजिङ्गमा दिउँसो १ बजेको हुन्छ । काठमाडौंका कुनैपनि होटलमा चिनियाँ पाहुनाको लागि खानाको अर्डर नगरिएकाले दूतावासभित्रै लञ्चसहित आरामको व्यवस्था रहेको अड्कल लगाइएको छ ।
दिउँसो दुई बजेपछि मात्र वेईको औपचारिक भेटघाटको तालिका बनाइएको छ । औपचारिक भेटघाटमा चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटको लागि उहाँ नजिकै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुहुनेछ । यतिखेर रक्षा मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीसँगै रहेको छ ।
वेईको भ्रमणको लागि लियाजो अफिसरको रूपमा नेपाली सेनाले आर्मी स्टाफ कलेजका मेजर जनरल बालकृष्ण कार्कीलाई खटाएको छ ।
रक्षामन्त्री वेईसँग प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा,भद्रकालीमा भेट गर्ने कार्यक्रम रहेको बताइन्छ । औपचारिक भेटघाट सकिएपछि उहाँ राती सोझै विमानस्थल जानुहुनेछ । चिनियाँ रक्षामन्त्री काठमाडौंबाट बंगलादेश र त्यसपछि पाकिस्तान जाने कार्यक्रम रहेको बताइन्छ ।
वेईको भ्रमणको लागि लियाजो अफिसरको रूपमा नेपाली सेनाले आर्मी स्टाफ कलेजका मेजर जनरल बालकृष्ण कार्कीलाई खटाएको छ । अरु देशबाट विशिष्ट अतिथि आउँदा नेपाली सेनाले सामान्यतयाः त्यहि देशबाट नेशनल डिफेन्स कोर्स वा सिनियर कोर्ष पूरा गरेका अधिकृतलाई नै खटाउने गर्छ । कार्कीले पनि चीनबाट उक्त कोर्स पूरा गरेका हुन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












