भारतले दियो नेपाललाई दुई हजार रेमडेसिभर इन्जेक्सन
काठमाडौँ। भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन् प्रदान गरेको छ।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगलाले तीइन्जेक्सन् आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई हस्तान्तरण गरेका हुन्। श्रींगलाले परराष्ट्र मन्त्रालयमा गई ती इन्जेक्सन हस्तान्तरण गरेका हुन्।
नेपालको दुई–दिने भ्रमणको सिलसिलामा भारतीय विदेश सचिव आज बिहान काठमाडौं आएका हुन्। काठमाडौ आएलगत्तै उनी नेपाल–भारत परराष्ट्र सचिव बैठकमा सहभागी भएका थिए। त्यसपछि उनले परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। सोही भेटका क्रममा उनले ती इन्जेक्सन हस्तान्तरण गरेका हुन्।
भारतीय विदेश सचिव श्रींगलाले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्दै छन्।
उनी भोलि गोरखाको भ्रमण गर्दै छन्। गोर्खाबाट फर्केपछि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












