संघीय र प्रदेशसभा सञ्चालनका अनुभव आदानप्रदानसम्बन्धी अन्तरक्रिया काठमाडौंमा
काठमाडाैँ । संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सुरु भएको छ।
संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुुरु भएको कार्यक्रमको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनु पर्नेमा जोड दिए। प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने उनको भनाइ छ।
सभामुख सापकोटाले आफूहरु चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै बढी रहेका र त्यसको सदुपयोग गर्नुपर्ने बताए। ‘हामीले बढीभन्दा बढी अन्तरक्रिया आयोजना गर्नुपर्छ’, उनले भने, ‘संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै हो।’
सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए। उनले संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुने धारणा राखे। कार्यक्रममा उनले संघीय र प्रदेशसभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुनु निकै महत्वपूर्ण काम भएको चर्चा गरे।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए। उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसद लगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारण राखे।
अध्यक्ष तिमिल्सिनाले कोभिड १९ अवस्था अनुमानयोग्य नभएको चर्चा गर्दै अब यससँगै अभ्यस्त हुनुपर्ने बताए। लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उनले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको चर्चा गरे।
संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी दिए। संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको भन्दै उनले हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिए।
त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँदै संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारी प्रति खुसी व्यक्त गरिन्।
उनले संसदले हालसम्मका कार्यमा कति प्रगति भयो भनेर समीक्षा गर्नुपर्ने बताउँदै व्यबहार परिवर्तको विषयमा पनि ध्यान दिइनुपर्नेमा जोड दिइन्। उनले ऐनमा भएका विषयलाई अभ्यासमा ल्याउने विषयलाई प्राथमिकतामा राखिनुपर्ने बताइन्।
‘समाजमा देखिएको महिला र पुरुष बीचको विभेद संसदीय अभ्यासमा देखिनु हुँदैन,’ उनले भनिन्। तेजाव आक्रमणको विषयमा सरकारले अध्यादेशमार्फत ऐन ल्याएको चर्चा गर्दै उनले सरकारले महिला महिलामाथि हुने यौनिक हिंसाविरुद्ध पनि कानुन निर्माण गर्न लागेको उल्लेख गरिन्।
कार्यक्रममा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संसद सचिवालयका सचिवहरु धु्रबप्रसाद घिमिरे र सुदर्शन खड्काको सहभागिता रहेको छ।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका सभामुख, उपसभामुख र प्रदेश नं २ का उपसभामुख भर्चुुुअल माध्यमबाट सहभागी छन् भने अन्य प्रदेशका सभामुख उपसभामुख कार्यक्रममा उपस्थित छन्।
आज दिनभरको अन्तरक्रियापछि भोलि कार्यक्रमको समीक्षा र निष्कर्ष प्रस्तुत गरेर कार्यक्रम समापन संसद सचिवालयले जनाएको छ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












