ढकालको प्रधानलाई जवाफ-‘अर्काको एजेन्डा नबोक्नुस्, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले आफ्ना प्रतिस्पर्धी चन्द्र ढकाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै उनले प्रधानले यसपटक आफूलाई छाडिदिन र अर्को पटक नेतृत्व लिनका लागि ढकालसँग आग्रह गरे ।
‘तपाईंलाई असल र सरल व्यक्तिको रुपमा मैले पाएको छु, भाइले दाजुको लिडरसीपलाई सफल बनाएर आफू सेकेन्ड लाइनमा बस्नु पर्यो’ प्रधानले भने, ‘यसअघि पनि मैले आग्रह गरेको छु, अझै पनि थोरै समय बाँकी छ, मलाइ छाडिदिनुस् ।’
ढकाल आफ्नो प्रिय भाइ भएको भन्दै उनले यसपटक आफूलाई छाडे अर्को पटक सघाउने स्पष्ट संकेत गरे । सहमति नभएको खण्डमा आगामी अध्यक्ष गोल्छाको १० वर्षे कार्ययोजना अनुसार आफूहरुले काम गर्ने र यसका लागि आफ्नो प्यानललाई नै जिताउन उनले आग्रह गरे ।
आफू २८ वर्षदेखिको अनुभव बोकेको व्यक्ति भएको र आफ्नो टिमका सबै योग्य रहेको भन्दै उनले आफ्नो प्यानललाई जिताए महासंघ सबल हुने बताए ।
अरुको एजेन्डा नबोक्नुस्-ढकाल
ढकालले पनि प्रधानलाई मन्तब्यमा जवाफ फर्काए । उनले प्रधानलाई अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिए । महासंघको नेतृत्व गर्छु भन्नेले आफ्नै एजेण्डा बनाउन सक्नुपर्ने भन्दै अर्काको एजेण्डाको सहयोगी मात्रै बन्छु भनेर कसैले नपत्याउने ढकालले बताए ।
महासंघको ५४ औं साधारणसभाको बन्द शत्रमा बोल्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले भने, ‘अर्काको एजेन्डामा हिँड्नु भएन, एजेन्डा भनेको निजी क्षेत्रको हुनुपर्छ । अर्को मान्छेको एजेन्डा फलो गर्नु र सहयोगी मात्रै बन्छु भन्नु राम्रो होइन ।’
उनले किशोर प्रधान सिनियर भएपनि नेतृत्व छाड्न नसकिने बताए । आफ्नो प्यानलबाट दिएका हरेक उम्मेद्वारहरु हरेक हिसाबले योग्य रहेको भन्दै ढकालले आगामी नेतृत्वका लागि आफ्नो प्यानललाई नै जिताउन आग्रह गरे ।
उनले आफू भन्दा ३ वर्ष अगाडिको मान्छे शेखर गोल्छा अब अध्यक्ष हुन लागेको भन्दै सिनियर भन्दैमा कसैले नछाड्ने बताए ।
‘सिनियरको कुरा गर्नेहरुलाई मेरो आग्रह छ, म भन्दा ३ वर्ष अघिको शेखर जी अध्यक्ष हुनुहुँदैछ’ ढकालले भने, ‘अब निवर्तमान अध्यक्ष हुन लाग्नु भएकी भवानी म्याडम पनि कति वर्षको हुनुभयो तपाईहरु आफैं हेर्नुस् ।’
आफू धेरै हण्डर खाएर यहाँ आएको भन्दै उनले आफ्नो संघर्षले महासंघलाई बलियो हुन मद्दत पुग्ने बताए ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











