नेपाल – भारत मैत्री सम्बन्ध अमर रहन्छः विदेश सचिव श्रृङ्गला
काठमाडाैँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले नेपाल र भारतको मैत्री सम्बन्ध अमर रहने बताएका छन्।
भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका गोरखाको तीनवटा विद्यालय भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन आइपुगेका उनले यस्तो बताएका हुन्।
‘हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ, पुनर्निर्माणमा सघाईरहेक छ। यसकारण मलाई नेपाल भारतको मैत्री सम्बन्ध अमर रहने विश्वास छ।’
केही समयअघि मात्रै भारतले गुँजरात भूकम्पबाट ठूलो क्षति ब्यहोर्नुपरेको बताउँदै त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन्।
‘भूकम्पले तहसनहस भएको गुजरात अहिले भारतको प्रमुख आर्थिक केन्द्र बनेको छ’, उनले भने, ‘भूकम्प प्रभावित नेपालले पनि छिट्टै त्यस्तै अवस्था हासिल गरोस्।’
विदेश सचिव हर्षवर्द्धनले विश्वभर बहादुर भनेर चिनिने गोर्खालीहरुको जिल्ला आउन पाएकोमा आफूलाई निकै खुसी लागेको बताए।
विदेश सचिव हर्षवर्द्धन भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका गोरखाको गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नं. १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन गोरखा आएका हुन्।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको थियो। सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुँदैछन्।
सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन्।
भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै, १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












