मानव अधिकार आयोगले भन्यो- मानव अधिकारको अवस्था सुधार भएन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानव अधिकारको अवस्था सुधार हुन नसकेको निष्कर्ष निकालेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २०७६/०७७को वार्षिक प्रतिवेदनमा दण्डहीनता कायम रहेको, संक्रमणकालीन न्यायका घटनाहरुमा अझै पनि न्याय दिने प्रक्रिया स्पष्ट नदिएको आयोगको प्रतिवेदनमा भनिएको छ। आयोगले सो अवस्थामा सुधार गर्नका लागि सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ।
संविधानको धारा २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्थाअनुसार सो प्रतिवेदन पेस गरिएको हो।
प्रतिवेदनमा गत वर्ष परेका उजुरी, ती उजुरीउपर भएका छानविन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानव अधिकार संरक्षण र संर्वद्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू समावेश गरिएको छ।
‘यस अवधिमा मानव अधिकार उल्लंघन भएको भनी १३२ उजुरी दर्ता भएको, नयाँ दर्ता भएका र पुराना गरी ७९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगको प्रतिवेदनमा उल्लेख छ। हाल आयोग पूर्णरुपमा रिक्त रहेको छ। चैतमा अध्यक्षसहित सबै पदाधिकारीले अवकाश पाएपछि नयाँ नियुक्त हुन सकेको छैन। सरकारले नयाँ नियुक्तिको तयारी पनि गरेको छैन। आयोगले मानव अधिकारका विविध विषयमा १२८ पटक अनुगमन गरेको छ।
आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र सम्वद्र्धनमा संवेदनशील हुन आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।
‘प्रतिवेदनले देशको मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औंल्याउँदै भविष्यमा सुधारको अपेक्षा गरेको छ,’ आयोगले भनेको छ।
आयोगका सचिव वेद भट्टराईले समाजमा जातीय भेदभावको विद्यमान स्थिति, जीवनको अधिकारमा चुनौती, उपभोक्ताका अधिकारहरू कुण्ठित हुनु, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नु जस्ता परिस्थितिले नागरिकका संविधानप्रदत्त हक प्रचलनमा अझै सहज वातावरण बन्न नसकेको उल्लेख गरेका छन्।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएका श्रमिकहरू श्रम शोषणमा पर्ने गरेको, महिला तथा बाल हिंसाका कारण जनजीवन असहज अवस्थामा रहेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, अल्पसंख्यक, जेष्ठ नागरिकलगायतको अधिकारको संरक्षणमा राज्यले विशेष ध्यान पुर्याउन नसकेको आयोगको ठहर छ। ती वर्ग एवम् समुदायका अधिकारहरू सुनिश्चित हुन नसकेको र कोभिड–१९ को कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
समाजमा जातीय भेदभावको विद्यमान स्थिति, जीवनको अधिकारमा चुनौती, उपभोक्ताका अधिकारहरू कुण्ठित हुनु, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसक्नु जस्ता परिस्थितिले नागरिकका संविधानप्रदत्त हक प्रचलनमा अझै सहज वातावरण बन्न नसकेको आयोगको निष्कर्ष छ। साथै, वैदेशिक रोजगारीमा गएका श्रमिकहरू श्रम शोषणमा पर्ने गरेको, महिला तथा बाल हिंसाका कारण जनजीवन असहज अवस्थामा रहेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, अल्पसङ्ख्यक, जेष्ठ नागरिकलगायतको अधिकारको संरक्षणमा राज्यले विशेष ध्यान पुर्याउन नसकेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
समुदायका अधिकारहरू सुनिश्चित हुन नसकेको र कोभिड–१९ का कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले देशको मानवअधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुननसकेको औंल्याउँदै भविष्यमा सुधारको अपेक्षा गरेको छ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











