फोर्ब्सको १०० शक्तिशाली महिला सूचीमा १२ जना अर्बपति, को–को?
एजेन्सि । चर्चित म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला पनि अटाएका छन्।
उनीहरुको कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर रहेको बताइएको छ। पैसाले मात्रै शक्तिशाली सूचीमा समावेश होइँदैन। नत्रभने अरु धेरै अर्बपति महिला यो सूचीमा समाविष्ट हुन्थे।
उक्त १२ महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि १ अर्ब डलर सम्पत्ति भएकाहरु रहेको बताइएको छ।
यो सूचीमा फेसबुककी सीओओ शेरल स्यान्डबर्ग, होटल शिलाकी सीईओ तथा अध्यक्ष लि बु जिन र संस्थापकहरु झोउ क्युनफेई र किरण मजुमदार शालगायत रहेका छन्।
क्युनफेईले लेन्स उत्पादक लेन्स टेक्नोलोजीको नेतृत्व गरेकी थिइन् भने मजुम्दारले बायोकन कम्पनी सुरु गरेकी थिइन्। जसले अहिले कोरोना महामारीविरुद्ध सहयोग गरिरहेको छ।
त्यस्तै मिडिया क्षेत्रकी ओप्राह विन्फ्रे, ओरेकलकी सीईओ साफ्रा काट्ज र एपिक सिस्टमकी सीईओ तथा संस्थापक ज्युडिथ फल्कनर यी सबै आफ्नै बलबुतामा शक्तिशाली बनेका हुन्। अर्थात् उनीहरुले आफ्नै वा दाम्पत्य बलबुतामा सम्पत्ति जोड्न सफल भएका हुन्।
त्यस्तै फिडेलिटी इन्भेष्टमेन्टकी सीईओ अबिगेल जोन्सन, एमर्सन कलेक्टिभकी संस्थापक तथा अध्यक्ष लाउरिन पवेल जब्स र समाजसेवी तथा लेखक म्याकेन्जी स्कटले भने परिवार, वैवाहिक सम्बन्धविच्छेदबाट सम्पत्तिमा हक जमाएका हुन्।
उनीहरुले जसरी सम्पत्तिमा हक जमाए पनि यी सबै आफ्नो वैधानिक हकको प्रयोग गर्दै व्यवसाय, गैरनाफामूलक र समाजसेवाको क्षेत्रमा उदाएका हुन्।
यसमध्ये स्कटले त आफ्नो आधा सम्पत्ति दानमै खर्चेकी छिन्। उनले १ अर्ब ७० करोड डलर विभिन्न ११६ संस्थालाई जातीय, एलजीबीटीक्यु (पुरुष र महिलाबाहेक अन्य लैंगिक प्रतिनिधित्व गर्ने समुदाय) र लैंगिक समानता, आर्थिक परिचालन, समानुभूति, प्रजातान्त्रिक क्रियाकलाप, सार्वजनिक स्वास्थ्य, विश्व विकास र जलवायु परिवर्तनको क्षेत्रमा सहयोग गर्न दान गरेकी हुन्।
यी हुन् १०० शक्तिशाली महिला सूचीमा अटाएका १२ अर्बपति :
अबिगेल जोन्सन (१५ अर्ब डलर)
साफ्रा काट्ज (१.२ अर्ब डलर)
ओप्रा विन्फ्रे (२.६ अर्ब डलर)
शेरल स्यान्डबर्ग (१.८ अर्ब डलर)
लाउरिन पवेल जब्स (२१.१ अर्ब डलर)
जिना राइनहार्ट (१६.७ अर्ब डलर)
म्याकेन्जी स्कट (५९.७ अर्ब डलर)
किरण मजुम्दार शा (४.६ अर्ब डलर)
झोउ क्युनफेई (१६.४ अर्ब डलर)
ज्युडिथ फल्कनर (५.५ अर्ब डलर)
लाम वाई यिंग (३.९ अर्ब डलर)
लि बु जिन (१.९ अर्ब डलर)
(उनीहरुको यो सम्पत्ति डिसेम्बर ७ सम्मको भएको फोर्ब्सले जनाएको छ।)
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












