कपिलवस्तुमा एसपी अधिकारीले उठाइदिए ६ महिनामै अघिल्लो वर्षको ५ गुणा बढी राजश्व
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ ।
अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७६÷०७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको थियो । तर, यो आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी अघिल्लो वर्षभन्दा ५ दशमलव ६५ गुणा बढी अर्थात ३ करोड ११ लाख राजश्व उठेको छ । यो आर्थिक वर्षका ५ महिनामा मात्रै २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले अघिल्लो वर्षको तुलनामा धेरै नै राजश्व उठाउन आफूहरु सफल भएको बताए । ‘अघिल्लो आर्थिक वर्ष कपिलवस्तुबाट प्रहरीले ५५ लाख राजश्व दाखिला गरेको थियो’ एसपी अधिकारीले भने, ‘यो आर्थिक वर्षको ५ महिनामा हामीले २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाउन सफल भएका छौं ।’
एसपी अधिकारी कपिलवस्तुमा प्रहरी प्रमुख भएर गत असार ५ गने पुगेका थिए । उनी पुगेपछि अहिलेसम्म ३ करोड ११ लाख राजश्व उठेको हो । कपिलवस्तु सिमावर्ती जिल्ला हो । सिमा नाकाबाट सामान भित्र्याउने र बाहिर पठाउने गर्दा प्राय धेरै राजश्व उठ्ने गर्छ । कार्यालयको रेकर्ड अनुसार अहिलेसम्म सवारी साधन, लत्ता कपडा, किराना सामान, रागा भैसी, खसी बोका, केराउ, सुन, चाँदी र अन्य सामानको भन्सारवापत त्यती राजश्व उठेको हो ।
त्यस्तै प्रहरीले ५ महिनामा विभिन्न आरोपमा फरार रहेका ८८ जनालाई पक्राउ गरी १४ लाख ५१ हजार १४४ जरिवाना गराएको छ भने २८ वर्ष २ महिना २९ दिन कैदका लागि सम्बन्धित निकायमा पठाएको छ ।
प्रहरी कार्यालयमा अहिलेसम्म विभिन्न विभिन्न प्रकृत्तिका आत्महत्याका ५४ घटना दर्ता भएको र तीनको छानबिन भइरहेको तथ्यांकमा उल्लेख छ ।
अघिल्ला वर्षहरुमा भन्दा अहिले कसरी बढी राजश्व उठ्यो भन्दा एसपी अधिकारी भन्छन्, ‘हामीले सिमामा जाँच बढाएका छौ । कानुनको पालनामा कडाइ गरेका छौ ।’
स्थानीय र जिल्लाबासी प्रहरी प्रमुख भएर अधिकारी आएपछि जिल्लामा हत्या हिंसाका घटनामा कमी आएको बताउँछन् । उनी जिल्लामा पुगेपछि चोरी, डकैती र कानुन उल्लंघन गरेर ज्याजती गर्ने घटना कम भएका छन् ।
अधिकारी एसपीमा बढुवा भएपछि केही समय प्रहरी मुख्यालयमा बसेर पहिलो पटक जिल्लाको प्रमुख भएर कपिलवस्तु गएका हुन् । उनले आफूलाई अव्वल देखाउनका लागि पनि राम्रो काम गरिरहेका उच्च पदस्थ प्रहरी अधिकारीहरु बताउँछन् ।
तर, उनी जिल्लाको प्रमुख भएको पहिलो पटक भने होइन । उनी प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँदा दार्चुलामा जिल्ला प्रहरी प्रमुख भएका थिए । त्यहाँ रहदा पनि अधिकारीले राम्रो काम गरेका थिए । त्यसबाहेक डिएसपी हुँदा अधिकारी जिल्ला प्रहरी कार्यालय बाराको सेकेण्डम्यान भएर केही समय बसे । कालीमाटी बृत्तको प्रमुख भएर बसे भने प्रहरी एकेडेमीमा पनि बसे ।
त्यस्तै प्रहरी निरीक्षक हुँदा उनी पुल्चोक, अछाम, डडेलधुरा, कञ्चनपुरमा काम गरे । ४ वर्ष डडेलधुरामा निरीक्षकका रुपमा विताएका अधिकारीले राम्रो काम गरेको भन्दै जिल्लामा प्रशंसा बटुलेका थिए ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
अबदेखि काठमाडौंमा बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।...












