हामी वार्तामा बस्दैनाैँ, हाम्रो पैसा बोकेर मन्त्री माइतीघर आउनुस्ः उखु किसान
काठमाडौं । आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।
वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए । वार्तामार्फत नै समस्या समाधान गर्न सकिने भन्दै सोमबार मन्त्रालयबाट उनलाई फोन आएको थियो ।
‘हामीले उधारोमा वार्ता नगर्ने जवाफ दियौँ,’ सचिव रायले भने ‘कोठामा गएर वार्ता गरेर समाधान निस्किन्न भन्ने हामीले बुझ्यौं ।हाम्रो बक्यौता बोकेर मन्त्री माइतीघर आउनुस् ।’
मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले रायलाई फोन गरी २ बजे मन्त्रालयमा वार्तामा आउन भनेका थिए । तर उखु किसानले वार्तामा आउन नचाहेको रेग्मीले अनलाइनखबरलाई बताए ।
विगतमा पनि मन्त्रालयसँग वार्ता गर्दा किसानहरुलाई झुलाउने काम मात्रै भएको रायले बताए ।
उखु किसानहरुले माइतीघर मण्डलामा आइतबारदेखि सुरु भएको धर्ना सोमबार दोस्रो दिन पनि जारी छ । बिहान ११ बजेबाट सुरु भएको आन्दोलनमा किसानहरु सडकमा बसेर आफ्ना मागहरु प्लेकार्ड मार्फत प्रर्दशन गरिरहेका छन् ।
आन्दोलनमा सर्मथन जनाउन लोकगायक बद्री पंगेनी र अधिवक्ता ओमप्रकाश अर्याल माइतीघर पुगेका छन् । उनीहरु पनि उखु किसानसँगै धर्नामा बसेका छन् ।
उखु कसान संघर्ष समितिले बक्यौता रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताएको छ । चिनी मिलबाट किसानहरुले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












