उद्योगमन्त्री भट्टकै अगाडि उखु किसानको नाराबाजी
काठमाडौं । उखु किसानहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै अगाडि नाराबाजी गरेका छन्। माइतीघरमा आन्दोलनरत किसानहरूले मन्त्री भट्टले किसानको मागबारे केही सम्बोधन नगरी हिँडेपछि प्रदर्शनमा उत्रेका हुन्।
मन्त्री भट्ट आज माइतीघरमा किसानहरूको समस्या समाधान गर्ने उद्देश्यले आन्दोलनकारीसँग भेट गर्न गएका थिए। उखु किसानको बाँकी पैसा तत्काल सबैको भुक्तानी गर्नुपर्ने माग किसानको छ।
‘हामीले उखुको पैसा पाउन बाँकी छ भनेर निवेदन गरी दाबी गरिसकेका छौँ,’उखु किसान राकेश मिश्रले भने,‘पटक–पटक उपत्यकामा आउन नपरोस् भन्ने हाम्रो धारणा हो। तर, सरकारले आलटाल गर्यो। उद्योग मन्त्रालयले २०७१/०७२ को पैसा दिन बाँकी छैन भन्नु भो तर,हामीले पाएका छैनौँ।’
सबै किसानको माग एकैपटक सम्बोधन गरिनुपर्ने उनको माग छ। किसानहरूको नाराबाजी अघि उद्योग मन्त्री भट्टले कार्यविधि बनाइएको बताउँदै नगरपालिकाबाट सिफारिस लिएपछि बाँकी पैसा पाइने बताए। उनले भने,‘यहाँ जे जे मागहरू राख्नुभएको छ मन्त्रालयमा छलफल गरेर समाधान गर्छौं।’
किसानहरूको आन्दोलनमा सहभागी हुन शुक्रबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत माइतीघर पुगेका थिए। उनले किसानहरूको आन्दोलनमा कांग्रेसले ऐक्यबद्धता जनाएको बताउँदै सम्बोधनसमेत गरे।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












