संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु
एजेन्सि । भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ ।
नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा जमघट र भीडभाड गर्ने र त्यसले संक्रमणको फैलाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको बताइएको छ ।
दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले बुधबार राजधानी दिल्लीमा बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म र शुक्रबार राति पनि सोही समयमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्ष मनाउने कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।
‘डिसेम्बर ३१ राति ११ बजेदेखि जनवरी १ को बिहान ६ बजेसम्म र जनवरी १ को राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्षको कुनै पनि उत्सव, कार्यक्रम र समारोह रात्रीकालीन कफ्र्यू रहनेछ,’ दिल्ली सरकारका मुख्य सचिवद्वारा जारी आदेशमा भनिएको छ । यद्यपि पूर्वअनुमति प्राप्त स्थानहरुलाई भने त्यो छुट रहने समेत आदेशमा भनिएको छ ।
दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ वर्षको भीडभाडले संक्रमण बढाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको आदेशमा भनिएको छ । पछिल्ला दिनमा दिल्लीमा कोभिड–१९ संक्रमणको नियन्त्रण हुँदै गएको देखिन्छ ।
बुधबार दिल्लीमा ७०३ जना मात्र नयाँ संक्रमित थपिएका थिए । नियन्त्रणउन्मुख भइरहेका बेला नयाँ भाइरसबाट संक्रमणको जोखिम बढाउने भन्दै पछिल्लो आदेश जारी गरिएको दिल्ली सरकारले जनाएको छ । ‘बेलायतबाट भित्रिएको नयाँ प्रकारको भाइरस पुष्टि भइसकेको र उक्त भाइरसका कारण बढने जोखिमसँगै नयाँ वर्षका कार्यक्रमहरुले कोरोना संक्रमणको नियन्त्रणमा हालसम्म हासिल भएको सफलतालाई धक्का लाग्नसक्ने देखेर निर्णय लिइएको हो,’ आदेशमा भनिएको छ ।
नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । हालसम्म भारतमा बीस जनामा बेलायतमा देखिएको जस्तो नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आठजना दिल्लीकै रहेका छन् । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











